Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

ग्याष्ट्रो बुटवलमा पहिलो पटक बालकको सफल इन्डोस्कोपी

ग्याष्ट्रो बुटवलमा पहिलो पटक बालकको सफल इन्डोस्कोपी

  • 4.2K
    SHARES

  • ग्याष्ट्रो बुटवलमा पहिलो पटक बालकको सफल इन्डोस्कोपी

    बुटवल चैत्र १० ।

    ग्याष्ट्रो बुटवलमा एक बालकको सफल इन्डोस्कोपी गरिएको छ । कमैमात्रामा बालबालिकाहरुमा गरिने इण्डोस्कोपी ग्याष्ट्रो बुटवलमा पहिलो पटक गरिएको प्रालिका बरिष्ठ पेट आन्द्रा, कलेजो तथा प्यांक्रियाज रोग विशेषज्ञ डाक्टर मोहन भुसालले जानकारी दिनुभयो ।

    डाक्टर भुसाल सहितको डाक्टरको टिमले चार वर्षीय बालकलाई बेहोस बनाएर पेटको इण्डोस्कोपी गरेको हो । पेटमा समस्या देखिनुका साथै बालकले तारन्तार बोमिटिङ गरिरेहेको र नरोकिएपछि सिद्धार्थ महिला तथा बाल अस्पतालले इण्डोस्कोपीका लागि ग्याष्ट्रो सेन्टरमा पठाएको थियो ।

    सेन्टरमा उपलब्ध डाक्टर भुसाल सहित एनेस्थेसियोलोजिष्ट डाक्टर आनन्द अग्रहरी र डाक्टर सविर श्रेष्ठको टिमले बालकको इण्डोस्कोपी गरेको हो । इण्डोस्कोपीको रिपोर्ट पछि पुनः थप उपचारकालागि सिद्धार्थ महिला तथा बाल अस्पताल पठाइएको प्रालिले जनाएको छ ।

    पेटको सम्पुर्ण उपचार गरिदै आएको ग्यास्टो सेन्टरमा अहिलेसम्म ५० भन्दाबढी विरामीको इण्डोसकोपी गरि सकेको उल्लेख गर्दै डाक्टर भुसालले आवश्यक परे अन्य विरामीलाई पनि बेहोस बनाएर इण्डोस्कोपी गर्न सकिने बताउनुभयो  ।

    पेटमा विभिन्न खाले समस्या देखिएर आन्द्राका माथिल्लो भागको परिक्षण गरिने इण्डोस्कोपी तीन वर्षदेखि माथी सबै उमेरका बिरामीलाई गर्न सकिने डाक्टर भुसाालले जानकारी दिनुभयो । पेट, आन्द्रा, कलेजो तथा प्यांक्रियाज सम्बन्धीका बिरामीहरूलाई विशेषज्ञ सहितको टिमले ग्याष्ट्रो सेन्टरमा  फाइब्रोस्क्यान सेवा सहित सेवा सञ्चालनमा गर्दै आएको छ ।gastro.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology