Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

सहज सहकारीमा महिलाको भिआइए  परिक्षण तथा नि:शुल्क स्वास्थ शिविर

सहज सहकारीमा महिलाको भिआइए  परिक्षण तथा नि:शुल्क स्वास्थ शिविर

  • 3.6K
    SHARES

  • सहज सहकारीमा महिलाको भिआइए  परिक्षण तथा नि:शुल्क स्वास्थ शिविर

    बुटवल,चैत १० ।

    सहज बचत तथा  ऋण सहकारि स‌ंस्था रुपन्देहीले पाठेघर स्क्रिनिङ चेकजाँच तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ ।

    बुटवल ७ शिवनगर स्थित सस्थाको केन्द्रीय कार्यलय मा  महिला सदस्य हरु लाइ लक्षित  गरि  पाठेघरको परिक्षण  गरेको हो ।  नेपाल परिवार नियोजन सङ्घ  तथा  लायन्स क्लव अफ बुटवल चौतारीको प्राविधिक सहयोग मा सस्थाका  करिब दुइ सय महिला सदस्यको स्वास्थ परिक्षण गरि निशुल्क औषधि समेत वितरण गरिएको सस्था का अध्यक्ष ओम प्रकाश अर्यालले जानकारी दिनुभयो ।

     परिक्षण मा ५ जना मा मात्र भि आइ ए पोजेटिभ देखिएको एफ पान रुपन्देहीका स्वस्थ्यकर्मी विष्णु माया गुरुङले जानकारी दिनुभयो ।सस्थापक अध्यक्ष दिलिप रिजाल को प्रमुख अतिथ्यमा भएको कर्यक्रम मा लायन्स कल्व अफ बुटवल चौतारि का अध्यक्ष राम्जी नेपाल  कर्यक्रम संयोजक विष्णुमाया भन्डारी सचिव पार्वती न्यौपाने लगाएतले बोल्नु भएको थियो ।

    सस्थाले वार्षिक कार्यक्रम अन्तर्गत  हरेक वर्ष शेयर सदस्य हरु को लागि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रम गर्दै आएको मा यस वर्ष महिला लक्षित कार्यक्रम गरेको वरिष्ठ उपाध्यक्ष विशाल बेल्बासेले बताउनु भयो ।

    १ हजार पाँचसय बढि शेयर सदस्य रहेको सहकारिमा करिब  ८०० जना महिला शेयर सदस्य रहेका छन । बुटवल ७ मा केन्द्रीय कार्यलय रहेको सहकारी को तिलोत्तमा ४ मा समेत सेवाकेन्द्र रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology