Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काङ्ग्रेस रुपन्देहीले ५ वटै निर्वाचन क्षेत्रमा संसद् विघटन विरुद्ध १३ गते बिरोधसभा गर्ने

काङ्ग्रेस रुपन्देहीले ५ वटै निर्वाचन क्षेत्रमा संसद् विघटन विरुद्ध १३ गते बिरोधसभा गर्ने

  • 3.7K
    SHARES

  • काङ्ग्रेस रुपन्देहीले  ५ वटै निर्वाचन क्षेत्रमा संसद् विघटन विरुद्ध १३ गते बिरोधसभा गर्ने

    बुटवल,पुस १२-

    नेपाली काङ्ग्रेस रुपन्देहीले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनको विरुद्धमा बिरोधसभा आयोजना गर्ने भएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति रुपन्देहीको अबसेको बैठकले क्षेत्र स्तरीय बिरोध सभा आयोजना गर्ने निर्णय गरेको हो ।

    जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा बसेको बैठकले आउदो सोमबार रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा केपी ओलिले प्रतिनिधिसभा बिघटन गरि संबिधान बिरोधी काम गरेको हुदाँ बिरोध सभा आयोजना गर्ने निर्णय गरेको सचिव राम कृष्ण खाणले जानकारी दिए ।

    निर्वाचन क्षेत्र नम्बर १ को धकधइमा आयोजना हुने बिरोध सभाको लागी जिल्ला उपसभापति सरिता चौधरी र सचिब हरि प्रसाद काफ्लेलाई बिरोधसभाको जिम्मेवारी प्रदान गरिएको छ ।

    यस्तै निर्वाचन क्षेत्र नम्बर २ को बुटवलमा हुने बिरोधसभाको जिम्मेवारी जिल्ला उपसभापति फणेन्द्र शर्मालाइ दिएको जिल्ला कोषाध्यक्ष दिपक क्षेत्रीले जानकारी दिए ।

    क्षेत्र नम्बर ३ को भैरहवामा आयोजना हुने कार्यक्रमको जिम्मा जिल्ला सचिव राम कृष्ण खाण र कोषाध्यक्ष दिपक क्षेत्रीलाई दिइएको छ ।निर्वाचन क्षेत्र नम्बर ४ को मझगावामा हुने सभाको जिम्मेवारी जिल्ला सदस्यद्वय बिनोद कुमार श्रीवास्ताव र अशोक कुमार त्रिपाठीलाइ बैठकले जिम्मेवारी दिएको छ भने ५ नम्बरको सालझण्डीमा हुने बिरोध सभाको जिम्मेवारी सहसचिव सुनिल प्रसाद मरासिनीले सम्हाल्ने छन ।

    जिल्ला सभापति अब्दुल रज्जाकले केपी शर्मा ओलिले चालेको कदमको बिरोधमा आयोजना गरिएको बिरोधसभामा सहभागी हुन आम सम्पुर्ण काङ्ग्रेस कार्यकर्ता एवम सर्वसाधारणमा अपिल गरेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology