कञ्चन,चैत्र १० ।
रुपन्देहीको कञ्चन गाउपालिकामा पालिका भित्र रहेका करिब ५ सय घरपालुवा कुकुरलाई रेविज बिरुद्धको खोप लगाइएको छ।पालिकाको पशु शाखा मार्फत निःशुल्क भ्याक्सिनेशन कार्यक्रम अनुसार यस कञ्चन गाउँपालिका भित्र बसोबास गरि घरमा पालिएका कुकुरहरुलाई रेविज बिरुध्द निःशुल्क खोप लगाइएको हो।
यही चैत्र ५ गते देखि शुरु गरिएको खोप कार्यक्रम अन्तर्गत वडाका बिभिन्न स्थानमा घुम्ति शिविर मार्फत ३ भन्दा कुकुरहरुलाइ खोप लगाइएको कञ्चन गाउँपालिकाका पशु सेवा प्राविधिक भास्कर घिमिरेले जानकारी दिनुभएको छ। यसभन्दा अघि पालिकाको पशु सेवा शाखामै संचालन गरिएको शिबिरमा २ सय भन्दा बढी घर पालिुवा कुकुरहरुलाई रेविज बिरुद्धको खोप लगाइएको समेत पशु सेवा प्राविधिक घिमिरेले जानकारी दिनुभएको छ।
जन्मेको ३ महिना भन्दा माथि उमेर पुगेका कुकुरहरुलाई खोप लगाउनका लागि पालिकाले सार्वजनिक सूचना समेत जारी गरेको थियो। कञ्चनमा करिब १ हजार भन्दा बढी घर पालुवा भएको अनुमान गरिएको छ।
कञ्चनलाई सकेसम्म शुन्य रेविज पालिका बनाउन खोप अभियान संचालन गरिएको र आगामी बर्षमा सामुदायिक कुकुरहरुका लागि रेविज बिरुद्धको खोप लगाउनु पर्ने स्थानीयहरुबाट सुझाव प्राप्त भएको कञ्चन गाउँपालिकाका पशु सेवा शाखाका पशु सेवा अधिकृत ध्रुवराज ज्ञवालीले बताउनुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)