Logo मंगलवार, श्रावण १२ गते २०८३
images

छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरको पहल कदमी (फोटोफिचर)

छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरको पहल कदमी (फोटोफिचर)

  • 1.6K
    SHARES

  • छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरको पहल कदमी (फोटोफिचर)

    बुटवल,चैत्र ९ ।

    बुटवलले एकदिनमा करीब ४ सय गाई गोरु गौशालामा लगेर व्यवस्थापन शुरु गरेको छ। बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको हाे।

    शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो।goru.jpg

    पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताए।उनले पहिलो दिन करीब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रुपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाउने बताए।

    'बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका छन्, -उनले भने-अहिले हामीले बुटवलभित्र रहेका गाई गोरुको व्यवस्थापन गर्छौं, त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरुमा निगरानी गर्ने र सहरभित्र गाई गोरु ल्याउन रोक्ने काम पनि गरिनेछ।'chaada chaupaya.jpg

    उनले सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पुर्‍याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न आग्रह गरे। उनले सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरेको बताए।

    'यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र बुटवलबासीको साथ पाएका छौं-उनले भने-यसले बुटवललाई थप व्यवस्थित बनाउनेछ।'

    उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपाया व्यवस्थापन थालिएको बताइन्। उनले यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गरिन्।gai a.jpg

    प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम शुरु भएको र त्यसको व्यवस्थापनको लागि सबै तयारी भएको बताए। उनले गौशालामा गाईगोरुका लागि दाना र परालको व्यवस्था गरी हेरालु समेत राखिएको बताए।

    छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगरप्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघसंस्थाका प्रतिनिधिहरु तथा समुदायका अगुवाहरु सहभागी थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology