Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

१९ देशका गैरआवासीय राजदूत बसन्तपुरमा, वैदेशिक लगानी भित्राउन अध्यक्ष ढकालको आग्रह

१९ देशका गैरआवासीय राजदूत बसन्तपुरमा, वैदेशिक लगानी भित्राउन अध्यक्ष ढकालको आग्रह

  • 966
    SHARES

  • १९ देशका गैरआवासीय राजदूत बसन्तपुरमा, वैदेशिक लगानी भित्राउन अध्यक्ष ढकालको आग्रह

    बुटवल,चैत ८।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन सहयोग गर्न १९ देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाइ आग्रह गरेका छन् ।

    ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले  वैदेशिक लगानीका लागि नेपालमा अवसरहरू बढिरहेको भन्दै  राजदूतहरूको ध्यानाकर्षण गराएका हुन् ।  
    अवैतनिक कन्सुलर कप्र्स नेपाल ( एचसिसिएन) का भाइस डीन समेत रहेका अध्यक्ष ढकालले पर्यटन,जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवद्र्धन गरिरहेकाले लगानीकर्ताहरु जुटाउन सामूहिक पहल गर्नु पर्ने समय आएको बताए ।  कानुन परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसरहरू सृजना भएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

    बुद्धको जन्मस्थल लुम्बिनी पवित्र आध्यात्मिक स्थल सहित यो क्षेत्रको सांस्कृतिक र आर्थिक संवाहकको रूपमा प्रवद्र्धन गर्न समेत अध्यक्ष ढकालले लुम्बिनी कन्केलभ सहयोगी हुने विश्वास व्यक्त गरे । विश्वको जनसंख्याको एक तिहाई बौद्ध धर्मावलम्बी रहेकाले उनीहरुलाई लुम्बिनी ल्याउन सरकारले विशेष योजना बनाउनुपर्ने ढकालले बताए । अध्यक्ष ढकालले नेपालमा हिल स्टेशनहरुमा  केवलकार संगै लक्जरी होटल र क्यासिनोले भारतीय र तेस्रो मुलुकका पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले   आईएमई ग्रुपले सातै प्रदेशमा केबलकार बनाउने क्रममा रहेको बताए ।

    निकट भविष्यमा नेपाल सरकार, लगानी बोर्ड र उद्योग बाणिज्य महासंघ समेतले आयोजना गर्न गइरहेको लगानी सम्मेलनलाई नेपालमा विदेशी लगानी भित्राउने अवसरको रुपमा सदुपयोग गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका छन् । यो सम्मेलनले गौतमबुद्ध विमानस्थलबाट अन्तराष्ट्रिय उडान नियमित गर्न सरकारलाई दवाव पुग्ने पनि ढकालले औंल्याए ।  

    सो अवसरमा अवैतनिक कन्सुलर कप्र्स नेपालका डिन विष्णु अग्रवालले भारतीय र अन्य देशका पर्यटकका लागि नेपालका हिल स्टेशनहरुमा पर्यटकीय पुर्वाधारले विदेशी पर्यटक आकर्षित गर्न सक्ने असीमित संभावना रहेको बताए । उनले निजी क्षेत्रको लगानीबाट हुने आम्दानीले सरकारलाई पनि प्रतिफल दिने भएकाले नीजि क्षेत्रमैत्री नीति र कानून बन्नुपर्ने बताए ।

    कार्यक्रममा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी थिए । 
    विश्वमा शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनीमा सम्मेलन गरिएको आयोजकले जनाएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology