Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

  • 1.3K
    SHARES

  • नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

    बुटवल,चैत ५ ।

    नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको आइजिपी बसन्त कुँवरले बताए। ‘उहाँलाई पक्राउ गरिएको छ, आजै काठमाडौं ल्याइन्छ,’ उनले भने।

    इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मु‍द्दा चलाउन सिफारिस गरेको थियो। 

    जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेको छ। यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो। उनका छोरा राहुल महरा भने पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्। 

    महराको चिनियाँ तस्कर दाओजिन वाङसँग पटकपटक कुराकानी भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको ९ किलो सुन भएको भेप बरामद गरेपछि महरा बाबु-छोराले पटकपटक भन्सार कार्यालय प्रमुखलाई सम्पर्क गरी छुटाउन दबाब दिएका थिए। चिनियाँ तस्कर समूहले भेप छुटाउने प्रयास गरिरहँदा विमानस्थलकै कर्मचारीहरूले भेपभित्र सुन रहेको थाहा पाएका थिए। त्यसपछि सुन चोरी गरी अर्कै भेप राखिएको थियो। 

    भेप नै चोरी भएको थाहा पाएपछि भन्सार कार्यालयले छानिबन गर्न सिआइबीलाई अनुरोध गरेको थियो। त्यसमा संलग्नहरूलाई पक्राउ गरेपछि महरा-बाबु छोरा र चिनियाँ तस्कर समूहबारे खुलेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology