बुटवल,चैत्र ४।
नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ रुपन्देहीले बुटवल उपमहानगरमा १२ बुदे ज्ञापन पत्र बुझाएको छ ।
बुटवलमा रहेका स्कुल तथा बिद्यार्थीले गोप्य सम्झौता सिंडीकेट ढंगबाट सिलाइकटाइ भैरहेको हुँदा बजारका सिलाइ कटाइ ब्यासायीहरु धरासायी भएको भन्दै अभिभावक र बिद्यार्थीले आफुखुसी ठाउमा सिलाउन नपाउदा,ठगिएको गुनासो समेत आफुहरुलाइ आएको नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ रुपन्देही तुल्सीबहादुर भण्डारीले बताउनुभयो । ज्ञापनपत्र बुझाएपछि नगरपालिकामा सादर अनुरोध तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।
नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघका केन्द्रीय रणपालले सादर अनुरोध तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ब्यबसायीका माग जायज भएको उल्लेख गर्नुभयो । बुटवलमा सबैलाइ समान ढंगले ब्यबहार गरिने भन्दै ब्यापार ब्यबसाय गर्ने बाताबरण सबैले मिलेर बनाउनुपर्ने बताउनुभयो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राम कुमार रणपालले बिद्यालय तथा क्याम्पसका पोशाक सिलाउन गोप्य सम्झौता अर्थात् टेण्डरको अन्तय हुनुपर्ने पहिलो सर्त रहेको बताउनुभयो । उहाँले बिद्यालयहरुले हरेक बर्ष पोशाकको रंग परिवर्तन गर्दा त्यसको नमुना सबैले देख्ने सुचना पार्टीमा राखन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय मानार्थ सदस्य लोक बहादुर नेपाली, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष सरोज गौतम, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तिलोत्तमा नगर महासचिव, संघका रुपन्देही जिल्ला कार्यबाहक अध्यक्ष तुल्सी भण्डारी, संघका रुपन्देही महासचिव सन्दीप बुढापृथीलगायत बोलेका थिए ।
ब्यबसायीले बिद्यालयहरुमा कमिसनको खेल बन्द गर्नुपर्ने,सबै ब्यासायी सिलाइकटाइ तथा नगरपालिकामा समेत दर्ता हुनुपर्ने ,दररेट मा एकरुपता ल्याउनुपर्ने,कर नतिर्ने झोले ब्यापारीलाइ कारबाही गर्नुपर्ने ,सरकारी तालमिहरुमा संघलाइ समाबेश गराइनुपर्ने लगायतका माग राखेको नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ रुपन्देहीले जनाएको छ । बिज्ञप्तीमा नगर अध्यक्ष राजेन्द्र यादव,नगर सचिव अनिल छिनाल,जिल्ला कावा अध्यक्ष तुलसीबहादुर भण्डारीको हस्ताक्षर रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)