Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल एकेडेमीक ईन्स्टिच्युटद्वारा विद्यार्थीको भविष्य सुनिश्चित गर्न तालिम

बुटवल एकेडेमीक ईन्स्टिच्युटद्वारा विद्यार्थीको भविष्य सुनिश्चित गर्न तालिम

  • 1.7K
    SHARES

  • बुटवल एकेडेमीक ईन्स्टिच्युटद्वारा विद्यार्थीको भविष्य सुनिश्चित गर्न तालिम

    बुटवल,चैत्र ४ ।

    बुटवल एकेडमीक ईन्स्टिच्युटले प्रमाणपत्र तह सामान्य चिकित्सा(एचए) का विद्यार्थीहरुलाई भविष्य सुनिश्चितता सम्बन्धि तालिम प्रदान गरेको हो ।

    ईन्स्टिच्युटका संचालक विनोद घिमिरेको अध्यक्षता तथा सिटिईभिटी लुम्बिनी प्रदेश, उपनिर्देशक यादव सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

    सहभागि ५० जनालाइ  प्रशिक्षक रमेश अर्यालले सहजीकरण गर्नुभयो । प्राचार्य बिनोद पोख्रेलको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा  प्रशासकिय अधिकृत भावना पाण्डेले जानकारी दिनुभयो।

    प्रमुख अतिथी समेत रहनुभएका सिटिईभिटी लुम्बिनी प्रदेश, उपनिर्देशक यादव सुवेदीले शिक्षा मात्रै सैद्धान्तिक नभएर व्यवहारिकतामा पनि झल्किनुपर्नेमा जोड दिदै सफल जीवन यापनका लागि मार्गनिर्देशन गर्न सक्ने खालका तालिमहरु महत्त्वपूर्ण रहने बताउनुभयो । उहाँले बुटवल एकेडेमीक ईन्स्टिच्युटले अतिरिक्त शिक्षामा समेत विद्यार्थीलाई जोड दिएकोमा प्रशंसा समेत व्यक्त गर्नुभयो ।

    कार्यक्रमका अध्यक्ष घिमिरेले कार्यक्रम बोल्दै जिवनमा विभिन्न कठिनाई परिस्थिति आइपर्ने र त्यसलाई सहजै सरलीकरणका लागि सैद्धान्तिक शिक्षाले मात्र पूरा गर्न नसक्ने हुँदा व्यवहारिक शिक्षा महत्त्वपूर्ण रहेकाले अतिरिक्त तालिमहरुको महत्वपूर्ण अर्थ रहेको बताउनुभयो ।

    बुटवल एकेडेमिक ईन्स्टिच्युटले तीन वर्षे सामान्य चिकित्साका कक्षाहरु संचालन गर्दै आएको छ ।

    tech.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology