Logo बुधवार, श्रावण १३ गते २०८३
images

राष्ट्रपति निर्वाचन : नेपालमा रहेका रसियाली नागरिकले गरे मतदान

राष्ट्रपति निर्वाचन : नेपालमा रहेका रसियाली नागरिकले गरे मतदान

  • 1.2K
    SHARES

  • राष्ट्रपति निर्वाचन  : नेपालमा रहेका रसियाली नागरिकले गरे मतदान

    बुटवल,चैत्र ४ ।

    नेपालमा रहेका रसियाली नागरिकले पनि राष्ट्रपति निर्वाचनका लागि यहिँबाट मतदान गरेका छन् । मतदाताले पोखराबाट शुक्रबार मतदान गरेका हुन् ।

    शुक्रबारदेखि तीन दिन सम्म चुनाव भैएको हो ।पोखराका बाराही होटलमा राखीएको मतदानकेन्द्र मार्फट १३ जनाले मतदान गरे । मार्च १७ मा काठमाडौंमा नेपालस्थित रसियाली दुतावामा रहने मतदान स्थलमा बाँकी रहेका मतदाताले मतदान गर्ने दुतावासले जनाएको छ ।

    नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राखेको रसियाली राजदुतावासका प्रतिनिधि अलेक्जेन्डर इभासेभले जानकारी दिए ।नेपालमा रहेका रसियन कर्मचारी तथा घुम्न आएका पर्यटकले राष्ट्रपतिका लागि मत दिन सकुन् भनेर यस्तो व्यवस्था गरेको उनले बताए ।

    नेपालमा स्थायी रुपमा बसेका करिब २ सय रसियाली कर्मचारीले काठमाडौंको मतदानस्थलमा सहभागी हुने उनले बताए । उनले करिब १९ लाख रसियाली मतदाताले रसिया भन्दा बाहिरका मुलुकबाट मतदान गर्नेछन् ।

    रसियाली राष्ट्रपतिको निर्वाचनमा चारजना उम्मेद्वार चुनावी मैदानमा छन् । वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावी मैदानमा छन् ।त्यसै गरी पुटिनसँगै न्यू पिपल पार्टीका भ्लादिस्लाभ डाभान्कोट, नेशनलिष्ट लिवरल डेमोक्रयाटिक पार्टीका लिओनिड स्लुत्स्की, कम्यूनिष्ट पार्टीका निकोलाई खरितोलोभ रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology