Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्ड मावि : कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई

अक्सफोर्ड मावि : कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई

  • 4.9K
    SHARES

  • अक्सफोर्ड मावि : कक्षा १२ मा अध्ययनरत  विद्यार्थीलाई विदाई

    बुटवल,चैत्र ३ ।

    बिद्यार्थीको रोजाइमा परेको बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न भएको छ। कक्षा ११ का छात्र साहित्य ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठको रहेको थियो ।

    कार्यक्रममा राष्ट्रिय परीक्षा बाेर्ड प्रदेश कार्यालय प्रमुख रमाकान्त तिवारी,शाखा प्रमुख बाबुराम भण्डारी, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवाली ,संस्थापक प्राचार्य यज्ञमुर्ती पाण्डे, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनाेज मरासिनी, प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, सहायक प्राचार्य माेहन श्रेत्री, गजाधर सापकोटा, ललित खरेल,नवराज पङ्गेनी घनबहादुर थापा,धर्म पाैडेल लगायतको आतिथ्यता रहेको थियोे ।कार्यक्रममा विदाई हुने विद्यार्थीलाई खादा तथा मायाको चिनाे प्रदान गरिएको थियोे ।oxf.jpeg

    कार्यक्रममा खेल सप्ताहमा उत्कृष्ट हुने खेलाडी, तथा प्रशिक्षक,दस बर्ष सेवा अवधि पूरा गरेका प्राध्यापक ,कर्मचारी,खेल सप्ताहमा संयाेजककाे भुमिका निर्वाह गर्ने प्राध्यापकलाई खादा तथा प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियोे ।

    वैशाख १४ गतेबाट सञ्चालन हुने कक्षा १२ काे परीक्षामा अक्सफोर्ड मा.वि बाट ९१२ विद्यार्थीहरू सहभागी रहने र अक्सफोर्डमा करिब पाच हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए ।

    कार्यक्रममा प्राध्यापक सुमन भुसालले अक्सफोर्ड मा.विले विद्यालयले विगतदेखि नै विभिन्न परीक्षामा देशकै उत्कृष्ट रिजल्ट ल्याएको स्मरण गर्दै ,अक्सफोर्डले विद्यार्थीलाई संस्कार समेत सिकाउदै आएको हुदा आम विद्यार्थी तथा अभिभावककाे राेजाईमा पर्ने गरेकाे बताए ।OXFORD.jpg

    कार्यक्रममा बाेल्दै राष्ट्रिय परीक्षा बाेर्ड लुम्बिनी प्रदेश प्रमुख रमाकान्त तिवारीले अक्सफोर्ड मा.वि केही बर्षयता शैक्षिक क्षेत्रमा फड्को मारिरहेकाे बताउँदै राष्ट्रमा उत्कृष्टताकाे लागि शुभकामना दिदै संस्कार सहितकाे शिक्षा लिएर परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई शुभकामना समेत दिए । oxf.jpg

    कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य भाेज प्रसाद श्रेष्ठले शैक्षिक हवकाे रूपमा स्थापित हुदै गरेको बुटवलमा रहि राष्ट्रमै उत्कृष्ट रिजल्ट ल्याउन तथा संस्कार सहितको शिक्षा प्रदान गर्दै आएको अक्सफोर्ड मा. विले शैक्षिक क्षेत्रमा राष्ट्रमै नेतृत्व लिन अगाडि बढन आग्रह गरे ।

     कार्यक्रममा गायिका रचना रिमालले प्रस्तुति दिदै विद्यार्थी तथा प्राध्यापकहरूलाई झमझमी नचाएकी थिइन् । उपस्थित सम्पूर्णमा स्वागत छात्रा रूवि अर्याल गरेकी  थिइन भने कार्यक्रमकाे सञ्चालन स्तुति पाैडेल,सर्लेट भुसाल ,करीस्मा बेलबासे,अञ्जली खरेल,सुवेक्षा भट्टराई र सचिन भण्डारीले गरेका थिए।

    कार्यक्रममा अन्तर्राष्ट्रिय माेटिभेसन स्पिकर सृष्टि के. सीले उपस्थित प्राध्यापक,कर्मचारी तथा विद्यार्थीहरूलाई १ घण्टा माेटिभेसन दिएकी थिइन ।कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यहरू तथा पिटीहरू प्रर्दशन गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology