बुटवल,चैत्र ३ ।
तिलोत्तमामा रहेको न्यू लाइट कलेजमा पुरस्कार,छात्रबृत्ती बितरण तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
कलेजका अध्यक्ष धर्मराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले कलेज शैक्षिक क्षेत्रको धरोहर भएको बताए । क्याम्पस प्रमुख रमेश ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा सल्लाहकार प्रेमबहादुर भण्डारी , नित्यानन्द ज्ञवाली अक्षयकोष दाता केदार रेग्मी ,पुर्व बिद्यार्थी अर्जुन खरेल,ब्यबस्थापन संकाय प्रमुख बिरेन्द्र राना,अतिरिक्त कृयाकलाप प्रमुख खेमराज खनाल,शैक्षिक संयोजक राजेन्द्र कुवर लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा ३०० जना बिद्यार्थीलाइ खेलकुदका पुरस्कार ,२० जनालाइ शैक्षिक पुरस्कार,२० जना अक्षयकोषका दातालाइ सम्मान तथा ,२० जना शिक्षक कर्मचारी सम्मान तथा ५० जनालाइ अनुसासनबाट सम्मानित गरिएको थियो । कार्यक्रममा स्व डोलकुमारी रेग्मीको स्मृतिमा छोरा केदार रेग्मीले थप १ लाख ११ हजार १११ को अक्षयकोषमा रकम थप्नुभयो । आयोजित नृत्यमा २५ वटा टिम सहभागी भएका थिए ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)