Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

सितारा बचत तथा ऋण सहकारीद्वारा सहकारी शिक्षा तालिम

सितारा बचत तथा ऋण सहकारीद्वारा सहकारी शिक्षा तालिम

  • 1.7K
    SHARES

  • सितारा बचत तथा ऋण सहकारीद्वारा सहकारी शिक्षा तालिम

    बुटवल,चैत्र ३ ।

    तिलोत्तमा ४ मा  रहेको सितारा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको सहकारीले जनाएको छ ।

    तालिमको उद्घाटन गर्दै ९ सहकारीका अध्यक्ष मात्रिका ज्ञावलीले शेयर सदस्य मात्रै बनेर बस्ने परम्परा हटाउनका लागि यस्ता किसिमका तालिमहरु प्रभावकारी हुने वताउनु भयो। सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेबार हुनको लागि प्रेरणा पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।

    उहाले सहकारीमा आधापेट आएर वा बिभिन्न काम गरेर पछिको लागी सहजाहोस भन्ने उदेस्यले जम्मा गरेको पैसा सुरक्षित रहेको बताउनु भयो।  सेयर सदस्यहरुलाई सहकारीको अबस्था कस्तो छ के भैरहेको छ हाम्रो लगानीको अबस्था कस्तो छ यसका नीति नियम कस्ता रहेका छन भनेर सेयर सदस्यहरुलाई सहकारी शिक्षा तामिल दिएको बताउनु भयो। उहाले सहकारीका सबै सदस्यहरु लाई यो तालिम दिईने बताउनु भयो। 

    उदघाटन कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष राम बहादुर खड्काले हामी सहकारीको नीति नियम र ऐन अनुसार सञ्चालनमा रहेका छौ  त्यस कारण यो सितारामा सहकारीमा कुनै पनि समस्या नभएको बताउनु भयो।

    गलत मनसायले सञ्चालन भएका सहकारीमा समस्या भएको बताउदै अहिलेको आबश्यक भनेको सहकारीका सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम दिनु आबश्यक रहेको उहाको भनाई  थियो। सहकारीका उपाध्यक्ष रमेश पराजुलीको स्वागत मा भएको तालिममा बुटबल उपमहानगरपालिकाका सहकारी बिभाग प्रमुख गुणखर खनालले  सहजीकरण गर्नु भएको थियो।

    उहाले प्रविधि, अनुसन्धान र विकासमा लगानी गर्ने जोखिम व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने भन्ने बिषयमा  जानकारी गराउनु भयो। त्यस्तै उहालेसहकारीका बीच आपसी सहकार्य गर्ने ऋण असुली तथा बाँकी बक्यौता सम्बन्धी सहकारी ऐनको कार्यान्वयन गर्ने सहकारी शिक्षा, तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने सहकारी सम्पत्ति व्यवस्थापन कम्पनी गठन गर्ने संस्थागत सुशासनलाई सुदृढ बनाउने बिषयमा जानकारी गराउनु भयो।
    खनालले नियामकीय संरचनालाई बलियो बनाउने सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्ने लगायतका बिषयमा छलफल गर्नु भएको शिक्षा समितिका सदस्य कृष्ण बहादुर थापाले बताउनु भयो।  

    सहकारीका कोषाध्यक्ष एवं शिक्षा समितिका संयोजक पिताम्बर खनालले  मुलुकमा सहकारी क्षेत्रमा असल अभ्यास मात्र भएको छैन । कतिपय  गलत अभ्यासलाई सहकारी प्रति मानिसको नैराश्यता देखिन्छ त्यसैले सहकारी अभियान र सरकारी निकायका पदाधिकारीहरूको बुझाइमा एकरूपता कायम गर्नको लागी सहकारी शिक्षा प्रशिक्षण तालिम सहकारीले सञ्चालन गरेको बताउनु भयो।  
    २०६४ सालमा स्थापना भएको सितारा बचत तथा ऋण सहकारीमा ७सय ३७ सेयर सदस्यहरु रहेको र ३सय ३१ महिला  र अरु बाकी पुरुष रहेको संस्थाका अध्यक्ष मात्रृका ज्ञावालीले बताउनु भयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology