Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

नयाँ शैक्षिक सत्रको लागि सरकारी पाठयपुस्तकको विक्री वितरण सुरू

नयाँ शैक्षिक सत्रको लागि सरकारी पाठयपुस्तकको विक्री वितरण सुरू

  • 1.5K
    SHARES

  • नयाँ शैक्षिक सत्रको लागि सरकारी पाठयपुस्तकको विक्री वितरण सुरू

    बुटवल,चैत २ ।

    आगामी शैक्षिक सत्रका लागि सरकारी पाठ्य पुस्तकको विक्री वितरण थालिएको छ । समयमै विद्यार्थीको हातमा पुस्तक पु¥याउने उद्देश्यले  सिजनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेड, बुटवलले सामुदायिक विद्यालयका पाठ्यपुस्तक विक्री वितरण सुरू गरेको हो ।

    सिजनशील संस्थाले निजी मुद्रण उद्योगले प्रकाशन गरेका कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयका नेपाली र अंग्रेजी माध्यामका पुस्तक विक्री गर्दै आएको छ । सिजनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडका अध्यक्ष मनहरि बस्यालले आउँदो शैक्षिक सत्रको लागि पुस्तकको विक्री थालिएको जानकारी दिए । ‘नयाँ शैक्षिक सत्रको लागि ४० हजार सेट पुस्तक तयारी अवस्थामा छन ।’

    यसले आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने अवस्था देखिएको छ ।  बस्याल भन्छन, ‘नयाँ शैक्षिक सत्र वि।स।२०८१ मा विद्यार्थीलाई पुस्तकको अभाव हुँदैन । अन्य आवश्यक भए पनि हामीले तत्काल ल्याएर पु¥याउन सक्छौं ।’ सिजनशीलले साविक पश्चिमाञ्चल क्षेत्रका १६ वटा जिल्लामा पाठ्यक्रम विकास केन्द्रले तयार गरेका कक्षा ५ सम्मका पाठयपुस्तक र मसलन्द सामग्री विक्री गर्दै आएको छ । नेपाल सरकारको तोकेको मूल्यमा विक्रेताहरुले पुस्तक संस्थाले विक्री गर्दै आएको छ ।

    संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद पाण्डेले पुस्तकसँगै संस्थाले गुणस्तरीय सृजनशील कपी पनि बजारमा ल्याएको बताए । उपभोक्ता र व्यवसायीलाई न्याय हुने गरी लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको ‘कभर’ भएका तश्विर सहितका ६४ ग्राम पेपरको कपी पनि उत्पादन गरी विक्रीका लागि ल्याएको बताए । यो वर्ष सिजनशील कपी ५ लाख विद्यार्थीको हातमा पु¥याउने लक्ष्य रहेको पूर्व अध्यक्ष पाण्डेको भनाइ छ ।

    यस क्षेत्रको सिजनशील मसलन्द सामग्री र साहित्यिक पुस्तक उत्पादन र विक्री गर्ने संस्था हो । संस्थाका उपाध्यक्ष दिवाकर घिमिरेले आगामी वर्ष संस्थाले उद्योगको रुपमा जाने गरी हाते कागज उत्पादन गर्ने उद्योग स्थापना गर्न जग्गा खरिदको काम अघि बढेको बताए । ११३ जना शेयर सदस्य रहेको संस्थाका १० करोडको पूँजी छ ।

    संस्थाका कोषाध्यक्ष रामकृष्ण चापागाईले संस्थाले लुम्बिनी प्रदेशका ६ र गण्डकी प्रदेशका १० जिल्लामा शैक्षिक सामग्री विक्री गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology