बुटवल,चैत्र २ गते ।
अर्घाखाँचीको सुपा देउराली मन्दिर कतै पनि नसर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । धार्मिक तथा पर्यटकीय स्थल नरपानीमा सार्ने भन्ने कुरा सत्य नभएको समितिको भनाइ छ ।
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक संजालमा आएपछि मन्दिर संरक्षण समितिले पत्रकार सम्मेलन गरेर यसबारेमा प्रष्टिकरण दिएको मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले नागरिक अनलाइनलाइ बताए । अर्घाखाँचीको प्रमुख पर्यटकीय गतन्तव्य मात्र नभई देशकै चिनारीको रुपमा रहेको सुपा देउराली मन्दिर सारिने भन्दै गलत प्रचार हुँदा नकारात्मक सन्देश गएको भन्दै मन्दिरको पहिँचान र क्षेत्र कसैले मेटाउन नसक्ने समितिका सचिव हरि खनालले बताए ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ र शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको मन्दिरको भेटीबाट मासिक २ लाख १७ हजार भन्दा बढी रकम विद्यालय,स्वास्थ्य चौकी लगातका सामाजिक क्षेत्रमा खर्च गर्दै आएको सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताए ।
शितगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले बाबु बाजेका पाला बाट नै यस्को महत्व कायम हुँदै आएकाले मन्दिर जहाँ छ । त्यहि नै रहने दाबी गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)