Logo बिहिवार, आश्विन १ गते २०८३
images

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

  • 885
    SHARES

  • जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

    धरान, चैत १ ।

    धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । को। १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको बेलका नगरपालिका-७  मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको हो ।

    दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए ।

    अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । प्रहरीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको भनाइ छ ।

    मृत्यु हुने ७ जनामध्ये चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology