Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

कुवेतमा सडक दुर्घटनामा परी ३ नेपालीले गुमाए ज्यान

कुवेतमा सडक दुर्घटनामा परी ३ नेपालीले गुमाए ज्यान

  • 867
    SHARES

  • कुवेतमा सडक दुर्घटनामा परी ३ नेपालीले गुमाए ज्यान

    काठमाडौं, चैत १ ।

    कुवेतमा सडक दुर्घटनामा परी ३ जना नेपाली युवाले ज्यान गुमाएका छन् । सोमबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । 

    दुर्घटनामा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको मृत्यु भएको हो । पापाजोन कम्पनीमा कार्यरत उनीहरूलाई कुवेती नागरिकले चलाएको कारले ठक्कर दिएको नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीले बताए ।

    गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको अरब टाइम्सले जनाएको छ । त्यस्तै मृतकहरूको शवलाई पोस्टमार्टमका लागि फरवानियामा अस्पतालमा राखिएको मल्लले जानकारी दिए । दूतावासका अनुसार मृतकहरूको बिमा र शव नेपाल पठाउन आवश्यक पहल भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, चैत्र १ २०८००३:१४:४२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology