बुटवल,फागुन ३० ।
बुटवल स्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको कार्यकारी निर्देशकमा वरिष्ठ बालरोग विशेषज्ञ डा. बिनोद पराजुली नियुक्त भएका छन् ।
२ वटा कार्यकाल निर्देशकमा कार्यरत डा. राजेन्द्र बस्यालको अवधि सकिएसँगै पराजुलीलाई कार्यकारी निर्देशक पदमा नियुक्ती गरिएको आम्दा नेपालले जनाएको छ ।
पराजुलीलाई २ वर्षे कार्यकालका लागि निर्देशकमा नियुक्त गरिएको हो । डा. पराजुली पनि यसअघि एक कार्यकाल आम्दा अस्पतालको निर्देशक भएर काम गरिसकेका छन् ।
१९९८ बाट सुरु भएको आम्दा अस्पताल सार्वजनिक निजी साझेदारीको संयुक्त पहलमा बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ बुटवल र जापानी सहयोग संस्था आम्दा नेपालले सञ्चालन गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)