Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस सभापति देउवाको अपील :‘संसद् विघटनबिरुद्ध पुस १३ गते सडक प्रदर्शनमा उत्राैँ’

कांग्रेस सभापति देउवाको अपील :‘संसद् विघटनबिरुद्ध पुस १३ गते सडक प्रदर्शनमा उत्राैँ’

  • 2.9K
    SHARES

  • कांग्रेस सभापति देउवाको अपील :‘संसद् विघटनबिरुद्ध पुस १३ गते सडक प्रदर्शनमा उत्राैँ’

    बुटवल,पुस ११-

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन बिरुद्ध १३ गते हुने प्रदर्शनमा उत्रन आम नेता कार्यकर्तामा अपील गरेका छन ।

    देउवा नै प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संसद विघटनको पक्षमा उभिएको भन्ने आशंका व्यक्त भइरहँदा उनले १३ पुसका लागि तोकिएको प्रदर्शनमा उल्लेख्य सहभागिता जनाउन नेता कार्यकर्तामा अपिल गरेका हुन ।

    आफ्नो अपिलमा देउवाले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको दाबी समेत गरेका छन ।

    कांग्रेसले गत बिहिबार बसेको केन्द्रिय समिति बैठकबाट १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा संसद विघटन बिरुद्ध बिरोध प्रदर्शन तोकेको छ ।

    अपिलमा देउवाले पार्टी सदस्य, शुभचिन्तक तथा लोकतन्त्र पक्षधरहरुलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पनि आग्रह गरेका छन ।

    कांग्रेसले सरकारले संसद विघटनको निणर्य लिए लगत्तै पदाधिकारी बैठक डाकेर प्रतिनिधि सभा विघटनको निणर्यलाई असंवैधानिक र  अलोकतान्त्रिक कदम भनेको थियो ।

    social-media-image-.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology