बुटवल,फागुन २७ ।
बुटवल सुनचाँदी ब्यवसायी संघ र महासंघका पदाधिकारीसंग भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ । श्रम,सिप,विकास र अनुशासन नारा तय गरेर अघि बढेको महासंघको नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनको सन्दर्भमा देशब्यापि अभियान चलाईरहेको एक टोली भेटघाटमा आएको हो ।
बुटवल सुनचाँदी ब्यवसायी संघका अध्यक्ष गकुल बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार विश्वकर्मा अब सहि नेतृत्व चयन गर्नुपर्ने बेला आएको बताउनुभयो । व्यवसायी सिष्टममै चल्नुपर्ने बताउनुभयो । उपाध्यक्ष देशरत्न शाक्यले महासंङ पेशाकर्मीको साथी र संरक्षक बन्नुपर्ने बताउनुभयो । उहाँले अब आपफू अर्जुन जिको टीमबाट बरिस्ठ उपाध्यक्ष उठ्न लागेको र सबैको साथको अपेक्षा गर्नुभयो ।
उहाँले दैनिक १० लाख भन्दा बढि एक ब्याक्तिले सुन खरिद वा बिक्री भए महासंघलाई जानकारी गराउन आग्रह गर्नुभयो ।आसन्र चौथो महाधिवेशनका अध्यक्षका उम्मेदवार अर्जुन रसाइलीले पुर्वदेखि शुरू भएको अभियानसहितको यात्रा धनगढीसम्म पुग्ने बताउनुभयो । ब्यवसायीका कानुनी समस्या समाधान गर्न हेल्प डेक्स बनाईने बताउनुभयो । अब ७७ जनाको केन्द्रीय टीम निर्वाचित हुने जानकारी दिदै ६६ जिल्लामा संगठन बलियो रहेको उहाँको भनाइ छ ।
आपफुले िजताएमा ३ बर्षे कार्यकालमा सबैभन्दा ठुलो समस्या कच्चा पदार्थ समाधान गर्ने ,५० किलो ,काठमाडौमा र ३२।५ किलो जाने सुनको बितरण सुधार्ने ,पान नम्बरका आधारमा सुन दिने, र देशभरका व्यवसायीलाइ संरक्षण गर्ने बताउनुभयो ।
बुटवल सुनचाँदी ब्यवसायी संघका अध्यक्ष गकुल बिश्वकर्माले सबै व्यवसायीको हितमा महासंघ उभिनुपर्ने धारणाा राख्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)