बुटवल,फागुन २६ ।
बुटवल उपमहानगरपालिका वडा नं ९ कालिकानगरमा आधुनिक प्रकारको शृङ्गार गृह (एसएच ब्युटी सलाेन) संचालनमा आएको छ ।
उक्त शृङ्गारगृहको शनिबार शुभारम्भ गरिएको छ । शृङ्गारका विभिन्न विधामा सेवा दिने गरी श्रृगार गृह संचालनमा आएको हो । एसएच ब्युटी स्यालोनमा स्कीन, नेल्स, मेकअप तथा हेयर केयर लगायतको श्रृगार तथा श्रृगारका समान समेत बिक्री हुने संचालक सुुनिता थापाले जानकारी दिइन् ।
सुनिता थापाका अनुसार करिव ३५ लाख लगानीमा खुलेको यस ब्युटी सलोनमा महिला तथा पुरुषले सेवा लिन सक्नेछन् । त्यसका लागि दुई पुुरुष र चार महिलाप्रशिक्षक रहेका छन् । सलोनमा विभिन्न उत्पादन कम्पनीका कस्मेटिक सामानहरु बिक्री बितरण समेत गरिने छ । स्यालोनमा श्रृगार सम्बन्धी विविध विधामा तालिम समेत प्रदान गरिने अर्का संचालक सोेनु थापाले उल्लेख गरे । योग्ग जनशक्ति उत्पादन गर्ने गरी तालिमा संचालन गरिने उनले बताए ।
सलोनमा आधुनिक प्रकारका कस्मेटिक सामग्री उपलब्ध गराइने थापाले बताए । शृङ्गारका सामानसहित दुलही, दुलाहाको मेकअप तथा गाडी सजावट समेत गरिने सोनु थापाले जानकारी दिए । शृङ्गारका आधुनिक प्रविधिबाट सेवा दिइने उनको भनाई छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)