Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

समाज डेन्टल हस्पिटलको १० औं शाखा ललितपुरको इमाडोलमा

समाज डेन्टल हस्पिटलको १० औं शाखा ललितपुरको इमाडोलमा

  • 1.7K
    SHARES

  • समाज डेन्टल हस्पिटलको १० औं शाखा ललितपुरको इमाडोलमा

    काठमाडौं, फागुन २६ ।

    समाज डेन्टल हस्पिटलको १० औं शाखा ललितपुरको इमाडोलमा खुलेको छ। ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेन्टल हस्पिटलको १० औं शाखाले आजदेखि ललितपुरको इमाडोलमा आफ्नो सेवा सुरू गरेको हो।

    समाज डेन्टल हस्पिटलले आफ्नो स्थापनाको २४ औं वार्षिक उत्सवको अवसरमा ललितपुरको इमाडोलमा पनि सेवा दिने हेतुले शाखा विस्तार गरेको हो।

    शनिबार एक विशेष कार्यक्रम गरी बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर श्रेष्ठले सेवाको उद्घाटन गरे।प्रदेश सभा सदस्य श्रेष्ठले आफ्नो क्षेत्रमा समाज डेन्टलले आफ्नो सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे।उद्घाटनका दिन  सम्पूर्ण सेवाहरूमा ५०५ छुट र बाँकी माघ महिनाभरि १५५ छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए।

    ललितपुरको  इमाडोलमा सेवा शुभारम्भ गर्दै समाज डेन्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology