Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा २ मा रहेको सिद्धेश्वर महादेब मन्दिरमा बिशेष पूजाअर्चना

तिलोत्तमा २ मा रहेको सिद्धेश्वर महादेब मन्दिरमा बिशेष पूजाअर्चना

  • 1.2K
    SHARES

  • तिलोत्तमा २ मा रहेको सिद्धेश्वर महादेब मन्दिरमा बिशेष पूजाअर्चना

    बुटवल,फागुन २६ ।

    तिलोत्तमा २ मा रहेको सिद्धेश्वर महादेब मन्दिरमा शिबरात्रीकाअवसरमा बिशेष पूजाअर्चना साथै अखण्ड भजनकृतन शुरु भएको छ । महाशिवरात्रि पर्वको अवसरमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी गरिएको सिद्धेश्वर महादेब मन्दिरका अध्यक्ष खिलबहालुर पौडेलले जानकारी दिए ।

    आजको दिनमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।बिस २०५४ सालमा लक्ष्मण पौडेलले  स्थापना गर्नुभएको सिद्धेश्वर महादेब मन्दिर २ कठ्ठा क्षेत्रफलमा फैलिएको छ  भने मन्दिरमा २ जना पण्डितबाट  दैनिक पुजाआजा हुनेगरेको छ । साथै हरेक एकादशी र सोमबार भजनकृतन हुनेगरेको छ ।mandir ma vid.jpg

    व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।फबल.jpg

    सिद्धेश्वर महादेब मन्दिर पुनर्निर्माण गरि ब्यबस्थित गरिएको मन्दिर पुनर्निर्माण समिति अध्यक्ष लोकनाथ ज्ञवालीले बताए ।

    श्रृङ्गेश्वर धाममा श्रद्धालुको भिड :

    त्यस्तैगरि तिलोत्तमा ४ मा रहेको श्रृङ्गेश्वर धाममा पनि बिहानैदेखि श्रद्धालुको भिड लागेकोले दिनभर ब्यबस्थापन गरेर पूजाआजा र भजनकृतन गरिएको अध्यक्ष ऋषि भण्डारीले बताए ।mandir ma vida.jpg

    मन्दिरमा भजनकृतन गरेर नाचगान गरिएको चिन्तामणी ज्ञवालीले जानकारी दिनुभयो । धाममा हरेक बर्ष श्रद्धालुको भीड बढ्दै गएकाले थप ब्यबस्थापन गरिएको संरक्षक डा नारायणप्रसाद पन्थले बताउनुभयो । उता नयाँगाउँको मुक्तिनाथधाममा दिनभरनै श्रद्धालुको भीड बढेको थियो।muktinath.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology