Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महाशिवरात्रि पर्व मनाइँदै

महाशिवरात्रि पर्व मनाइँदै

  • 1.1K
    SHARES

  • महाशिवरात्रि पर्व मनाइँदै

    काठमाडौं,फागुन २५ । 

    आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

    वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर  लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।siddhababa mandir.jpg

    आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

    आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दै छ । बुटवल नयाँगाउँ मुक्तिनाथधाम, पाल्पाको सिद्धबाबा लगायतका शक्तिपिठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।siddhababa mandir.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology