Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही व्यापार संघमा कस्मेटिक तथा श्रृंगार व्यवसायीको भेला,संयोजकमा ज्ञवाली

रूपन्देही व्यापार संघमा कस्मेटिक तथा श्रृंगार व्यवसायीको भेला,संयोजकमा ज्ञवाली

  • 3.6K
    SHARES

  • रूपन्देही व्यापार संघमा कस्मेटिक तथा श्रृंगार व्यवसायीको भेला,संयोजकमा ज्ञवाली

    बुटवल,फागुन २४ ।

    रुपन्देही व्यापार संघमा आवद्ध कस्मेटिक तथा श्रृंगार व्यवसायीहरुको वृहत भेलाले कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमिति गठन गरेको छ ।

    संघको सचिवालयमा भएको भेलाले उक्त भेलाले सरोज ज्ञवालीको संयोजकत्वमा १२ सदस्यीय कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमिति गठन गरेको हो । कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिको सह–संयोजकमा जिवन काफ्ले, सचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा बिनय कसौधन, सह–सचिवमा कल्पना शर्मा, सह–कोषाध्यक्षमा विमल आचार्य रहनुभएको छ भने सदस्यहरुमा सुमन न्यौपाने, विकास गुप्ता, टिका सुनार, शंकर पौडेल, रविन ज्ञवाली, परमानन्द शर्मा र सल्लाहकारहरु मनिमदिन मिया, मित्रलाल कंडेल, विजय सुवेदी, न्यामत दिन मिया रहनुभएको छ ।

    सो भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले व्यवसायीक एकताबाट मात्र व्यवसायीहरुको समस्या समाधान गर्न सकिने बताउदै त्यसका लागि पहल गर्न आग्रह गर्नु भयो । अधिकारीेले संघको गरिमा र उद्देश्य पुरा गर्न उपसमितिको सक्रियता र व्यवसायीहरुको खबरदारी जरुरी हुने उल्लेख गर्दै व्यापार संघ सधै व्यवसायीहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, कोषाध्यक्ष मणि खनाल, सह–सचिव प्रकाशराज पौडेल, सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, कार्यसमिति सदस्य शोभाकुमारी जोशी क्षेत्रीलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा प्रकास पार्दै बस्तुगत उपसिमितिहरुलाई रचनात्मक क्रियाकलापहरु अगाडि बढाउने बिश्वास व्यक्त गर्नुभएको थियो ।

    भेलाको अध्यक्षता संघका कार्यसमिति सदस्य तथा उपसमितिका संयोजक गोकुल ज्ञवालीले गर्नुभएको थियो भने संचालन सचिव सरोज ज्ञवालीले गर्नुभएको थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology