Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

नेपाल सांस्कृतिक महासंघमा २५ जना केन्द्रीय सदस्य मनोनित,आगामी भदौभित्र महाधिवेशन हुने

नेपाल सांस्कृतिक महासंघमा २५ जना केन्द्रीय सदस्य मनोनित,आगामी भदौभित्र महाधिवेशन हुने

  • 1.0K
    SHARES

  • नेपाल सांस्कृतिक महासंघमा २५ जना केन्द्रीय सदस्य मनोनित,आगामी भदौभित्र महाधिवेशन हुने

    चितवन,फागुन २४ । 

    नेपाल सांस्कृतिक महासंघले  भदौभित्र महाधिवेशन गर्ने भएको छ । भदौ मसान्त भित्र प्रदेश स्तरीय अधिवेशन  गरेर केन्द्रीय अधिवेशन गर्ने तयारी गरेको छ ।

    चितवनमा बसेको केन्द्रीय समितिको बैठकले  ६ बुदे निर्णय गरेको छ । बैठकले महाधिवेशनको सन्दर्भमा विभिन्न निर्णय गरेको छ । नयाँ विधान अनुसार  अहिलेसमम भएका पालिका र जिल्ला अधिवेशनलाई पनि अनुमोदन गरेको छ । तेस्रो अधिवेशन सम्पन्न गराउन महासंघको विधान भाग ५ अनुसार २५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।  

    फागुनको २१ र २२ गते नेपाली काँग्रेस चितवनको पार्टी कार्यालयमा बैठक बसेको थियो ।  बैठकले महासंघको संगठन सुदृढिकरण अभियानका लागी मेची–महाकाली लोकतान्त्रिक एकल सांगीतिक कार्यक्रम गर्ने भएको छ । यसका लागी विमलराज क्षेत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए ।

    महांघलाई चलाएमान बनाउनका लागी पाँच सदस्यीय विशेष समिति गठन गरेको छ । अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति , गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति , प्रभातमणी आझोको संयोजकत्वमा आर्थिक समिति , विपिन किरणको सयोजकत्वमा कार्यक्रम संयोजन समिति ,विभिन्न विधागत संघसंस्था समन्वय समितिको संयोजकमा शर्मिला बोहोरा रहेको समिति गठन गरेको हो । त्यस्तै सामाजिक संजाल मार्फ महासंघको नेतृत्व एवं सदस्यका विषयमा चरित्र हत्या गर्ने , लाञ्छना लगाउनेलाई कारवाहीका लागी अनुशासन समितिमा सिफारिस गर्ने निर्णय भएको अनुशासन समितिका संयोजक अर्जुन गिरीले बताए ।

    महासंघले विभिन्न विधा मार्फत काँग्रेसको नीति , उदेश्य र उपलब्धीका वारेमा  अभियान मार्फत देशभरी संचालन गर्ने निर्णय भएको समेत गिरीले बताए । महासंघको विधान संसोधन तथा परिमार्जन गर्नका लागी कष्णगोपाल केसीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology