Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी क्लव अफ बुटवल साउथको अध्यक्षमा धिताल,नयाँ बोर्ड सर्वसम्मत चयन

रोटरी क्लव अफ बुटवल साउथको अध्यक्षमा धिताल,नयाँ बोर्ड सर्वसम्मत चयन

  • 2.7K
    SHARES

  • रोटरी क्लव अफ बुटवल साउथको अध्यक्षमा धिताल,नयाँ बोर्ड सर्वसम्मत चयन

    बुटवल,पुस ११-

    रोटरी क्लव अफ बुटवल साउथको छैठौं बोर्ड बैठक सम्पन्न भएकाे छ ।क्लवका अध्यक्ष प्रेम भुर्तेलको अध्यक्षतामा बैठक तिलोत्तमाकाे सृजना फार्ममा भएकाे थियाे ।

    असिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले  ईन्जिनियर धुब्र धितालको अध्यक्षतामा रोटरी बर्ष २०२१-२२ को लागि नयाँ बोर्ड सर्वसम्मत चयन गरेको छ । 

    नयाँ समितिमा अध्यक्ष धुब्र धिताल, निवर्तमान अध्यक्ष सिए प्रेम भुर्तेल, प्रेसिडेन्ट ईलेक्ट  टंकनाथ अधिकारी, नोमिनी प्रेसिडेन्ट अर्जुन सापकोटा रहनुभएको छ । 

    त्यसैगरी सेक्रेटरीमा निशान बाबु कार्की, कोषाध्यक्षमा दुजेन्द्र बस्नेत, सर्भिस प्रोजेक्ट चेयरमा ज्ञानेन्द्र गिरी, क्लव एडमिन चेयरमा किशु शर्मा, मेम्बरसिप चेयरमा मोहन घिमिरे, टिआर एफ चेयरमा धुब्र केसी, पब्लिक रिलेसन चेयरमा देब कुँवर ,ज्वाईन्ट सेक्रेटरीमा बालकृष्ण भण्डारी, ज्वाईन्ट ट्रेजररमा प्रकाश खनाल, सर्जेन्ट एट आर्ममा दिनेश घिमिरे, सर्जेन्ट एट आम सेकेण्डमा मुकुन्द ज्ञवाली, ईडिटर प्रभा ज्ञवाली, को-ईडिटर  प्रकाश पराजुली, क्लव मेन्टर  श्याम बहादुर पुन, वेभ मास्टर  युवराज ढकाल, क्लव ट्रेनर  प्रकाश पौडेल, ईन्फर्मेशन मिडिया  अर्जुन पौडेल, हेल्थ कम्युनिटि चेयर  प्रभा घिमिरे, हेल्थ कम्युनिटि को-चेयरमा रामबन्धु अर्याल अंकित, युथ सर्भिस चेयर किशोर गौतम, फेलोसिप चेयर  नवराज पगेनी, वुमन ईन रोटरी चेयर  शारदा पगेनी, आर आई थिम चेयर  ईन्द्र सुनार बर्ष २०२०र२१ को लागि बोर्ड सदस्य मनोनित हुनुभएको छ । पूर्व अध्यक्षहरु क्लवको सल्लाहकार समितिमा रहनुहुने छ ।

    साे अवसरमा प्रमुख अतिथि राजकुमार गुप्ता, पूर्व अध्यक्षहरु सूर्य कुमार श्रेष्ठ, नेत्र पाठक, धुब्र कुमार धिताल,  ईन्द्र सुनार, तारानाथ कँडेलले नयाँ बोर्डलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology