Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी

  • 1.0K
    SHARES

  • बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी

    बुटवल,फागुन २२ । 

    बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला  प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, लुम्बिनी प्रदेश समन्वय समितिको आयोजना, नेपाल व्यवसायिक कलाकार संघको सहआयोजना एवम् बुटवल उपमहानगरपालिका,तिलोत्तमा र रामग्राम नगरपालिकाको सहकार्यमा आजदेखि प्रर्दशनी सुरु भएको हो ।

    प्रर्दशनीको लुम्बिनी प्रदेश सभाका सभामुख  तुलाराम घर्तिमगर वसन्तले लुम्बिनीमा उद्घाटन गरे ।  उनले भाषा, साहित्य, कला, संस्कृतिको विकासविना समाजको परिवर्तन स्थायी नहुने बताए ।

    त्यसका लागि प्रदेशले विभिन्न  प्रज्ञाप्रतिष्ठानहरुको ऐन निर्माण गरि आफू अघि बढ्ने जानकारी गराए । रैथाने कलाको पहिचान,पहल र पहुँचमा प्रतिष्ठानले भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । त्यसैगरी एमाले नेता तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल क्षेत्रका लागि ललितकला अपरिहार्य रहेको बताए ।

    ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति माननीय नारदमणि हार्तमछालीले लुम्बिनी प्रदेशको ललितकलालाई पहिचान गरि प्रसिद्धिका निम्ति पहल गर्ने बताए । त्यसैगरी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निकट भविष्यमा बुटवलमा ललितकलालाई सम्मान हुने गरि अघि बढ्ने बताए । 

    उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङले ललितकलाको विकासका लागि कलाको मर्म र मूल्य बुझ्नुपर्ने बताउँदै लुम्बिनी क्षेत्रमा ललितकला अध्ययन र अध्यापन गर्ने शैक्षिक थलो समेत नरहेको बताए । उद्घाटन सत्रमा दीलिप रसाईली,एचबी रम्तेल,जंग पहाडी,दिनेश्वर महतो लगायतले प्रदर्शनी सफलताको कामना गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology