Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

मोरङमा कार्यरत सशस्त्रका डीएसपी पाल्पाका उपेन्द्र बस्याल मृत फेला

मोरङमा कार्यरत सशस्त्रका डीएसपी पाल्पाका उपेन्द्र बस्याल मृत फेला

  • 2.3K
    SHARES

  • मोरङमा कार्यरत सशस्त्रका डीएसपी पाल्पाका उपेन्द्र बस्याल मृत फेला

    विराटनगर,फागुन २१ ।

    प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग,धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।  गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । 

    पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौँमा रहेको बुझिएको छ । सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआइजी अन्जनी पोखरेलले पनि घटनाको विस्तृत विवरण नआएको र आफू घटनास्थलमा जाँदै गरेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology