गुल्मी,फागुन १९ ।
श्री कुमारी आधारभुत विद्यालय इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाले आफ्नो ४४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिकाका जेष्ठ सदस्य नरहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खङ्का रहनुभएको थियो । प्रमुख अतिथी खड्काले विद्यालयले स्थानीय स्तरका बालबालिकालाई लक्षित गरि पठनपाठन गराउँदै आएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले पछिल्लो समय गाउँका विद्यालयमा विद्यार्थीको संख्या निकै न्यून हुँदै गएतापनी कुमारीमा त्यस्तो नभएको बताउँदै थप सफलता हासिल गर्न विद्यालय अग्रसर रहनेमा आफू बिस्वस्त रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष झविन्द्र अर्याल रहनुभएको थियो । अर्यालले कुमारी आधारभुत विद्यालयलाई वडाले सधै साथ , सहयोग र सहकार्य गर्दै आइरहेको बताउँदै पठनपाठनलाई उत्कृष्ट बनाउनका लागि शिक्षकहरुको मिहिनेत उत्कृष्ट रहेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका स्थानिय बालबालिकालाई अध्ययन गर्न यो विद्यालयले टेवा पुगेको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य वसन्त सुनार, वडा सदस्य वसन्त धर्ति, गुल्मी मोडल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। विपेन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य शिक्षक रवि मुखिया र आयव्यय प्रस्तुत प्रधानाध्यापक राधिका सापकोटा भण्डारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन अञ्जना नेपालीले गुर्नुभएको थियो ।
उक्त कार्यक्रममा सेवा निवृत हुनुभएका पूर्व प्रधानाध्यापक निलकण्ठ भण्डारीको विधाई तथा सम्मान गरिएको थियो त्यस्तै विद्यालयलाई विभिन्न सामग्री सौजन्य गर्नुभएका गर्नुभएका समाजसेवीहरुलाई सम्मानका साथै शिक्षा साखा प्रमुख किसान भाषाको संयोजकत्वमा विद्यालय व्यवस्थापन समितिको गठन कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)