Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रेस युनियन रुपन्देहीको परिचयात्मक तथा वनभोज कार्यक्रम सम्पन्न

प्रेस युनियन रुपन्देहीको परिचयात्मक तथा वनभोज कार्यक्रम सम्पन्न

  • 3.1K
    SHARES

  • प्रेस युनियन रुपन्देहीको परिचयात्मक तथा वनभोज कार्यक्रम सम्पन्न

    बुटवल,फागुन १८ ।

    नेपाल प्रेस युनियन रुपन्देहीले परिचयात्मक तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।press union.jpg

    रुपन्देहीको तिलोत्तमा बनबाटीकामा आयोजना गरिएको बनभोजमा युनियनका केन्द्र,प्रदेश तथा जिल्लाका पदाधिकारी सदस्यहरु, नेपाली कांग्रेसका नेताहरु,जनप्रतिनिधिहरु,पत्रकार महासंघ,तरुण दल,नेपाल बिद्यार्थी संघ तथा प्रेस चौतारी,प्रगतिशील पत्रकार संघ ,अन्य शुभेच्छुक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको जिल्ला अध्यक्ष कबिन्द्र नेपालले बताउनुभयो ।nc.jpg

    बनभोज कार्यक्रम सफलतापूर्ब सम्पन्न भएको संयोजक  माधव पौडेलले बताउनुभयो । कार्यक्रममा सहभागि भएर सफल पार्नुहुने र सहयोग गर्नुहुने सबैलाइ आभार ब्यक्त गरिएको सचिव कपिल ज्ञवालीले बताउनुभयो । बनभोजमा १८० जनाको सहभागिता रहेको थियो ।khe.jpga.jpg

    प्रजातन्त्र पुःनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लोकतन्त्रवादी पत्रकारहरुको सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् ।

    भने रुपन्देहीमा विभिन्न सञ्चार गृहमा कार्यरत २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेको युनियन रुपन्देहीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology