बुटवल,फागुन १६ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवलमा नगर दवाब यात्रा सम्पन्न गर्दै ज्ञापन पत्र बुझाएको छ । योगिकुटीबाट शुरु भएको दबाब यात्रा कालिकापथ हुदै नेपालगंज रोड,अमरपथ ,गोलपार्क हुदै चौराहासम्म पुगेको थियो ।
केन्द्रिय सदस्य कुसुम महर्जन ,क्षेत्रीय सभापति रमेश लम्साल, संघीय सांसदका उम्मेदबार एवं नेता गणेश पौडेल लगायतका नेता कार्यकताको टोलीले दबाद यात्रा सकेर ज्ञापनपत्र बुझाएको हो । सडकका गाइबस्तु ब्यबस्थापन गर,बिकास निर्माणका काममा तिब्रता देउ,पशुबधशाला संचालन गर,रंगशाला जाने बाटो तुरुन्त निर्माण गर लगायतका १२ बुदे माग बुझाएको हो ।
ज्ञापनपत्रबुझेपछि बोल्दै नगरप्रमुख खेलराज पाण्डेले रास्वपाका मागलाइ सकारात्कम लिएको बताउदै समस्याहरु समाधानको बाटोमा आफुहरु रहेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)