Logo बिहिवार, आश्विन १ गते २०८३
images

कञ्चनमा ५२ युनिट रगत संकलन

कञ्चनमा ५२ युनिट रगत संकलन

  • 1.1K
    SHARES

  • कञ्चनमा ५२ युनिट रगत संकलन

    कञ्चन,फागुन १४ ।

    नेपाल मगर संघ, कञ्चन गाउँ कमिटिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ। संघको ४२ औं स्थापना दिवसको सन्दर्भमा आयोजित रक्तदान कार्यक्रममा ५२ जना रक्तदाताहरुले रगत दान गरेका हुन।

    रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका सभापति तुल बहादुर थापाले रगत दान गर्नु शारीरिक र मानसिक रुपमा स्वस्थ बन्नु भएको उल्लेख गर्नु भएको छ। हरेक ३-३ महिनामा स्वतः खेर जाने रगतलाई दान गर्यो भने उक्त रगतले रगतको अभावमा मृत्यु र जिवनको दोसाँधमा परेका ब्यक्तिहरुको जिवन दान हुने सभापति थापाले बताउनु भयो।

    यस्तै कार्यक्रममा कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य सुशिला थापाले रगत र पानी बिना मान्छेको जीवनको कुनै परिकल्पना गर्न नसकिने भएको उल्लेख गर्नु भएको छ। हामीसंग रगतको आयु ३ महिनामात्र हुने ३ महिना पछि मरेर जाने रगत दान गर्न सक्यो भने रगतको अभावमा छटपटाई रहेका मानिसहरुको जिवन उद्धार हुने कार्यपालिका सदस्य थापाले बताउनु भयो।

    नेपाल मगर संघ, कञ्चनका अध्यक्ष कविराज काउचा मगरको अध्यक्षतामा भएको कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो। कञ्चनको दियो खेल मैदानमा सम्पन्न कार्यक्रमको समन्वय नेपाल रेडक्रस सोसाइटी, कञ्चन उपशाखाले गरेको थियो। यसैगरी आज नै आधारभुत बिद्यालय स्तरिय हाजिरी जवाफ र निवन्ध प्रतियोगिता समेत सम्पन्न भएको छ।
    भोली १५ गते हुने मुख्य कार्यक्रममा लोक दोहोरी प्रतियोगिता, छृलफाल प्रतियेगिताा, चम्चा दौड प्रतियोगिता सहित विविध कार्यक्रम हुने आयोजकले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology