Logo मंगलवार, श्रावण १२ गते २०८३
images

४२ औं स्थापना दिवस मनाउँदै मगर संघ बुटवल

४२ औं स्थापना दिवस मनाउँदै मगर संघ बुटवल

  • 1.4K
    SHARES

  • ४२ औं स्थापना दिवस मनाउँदै मगर संघ बुटवल

    बुटवल,फागुन १२।

    नेपाल मगर संघ बुटवलले स्थापना दिवस मनाउने भएको छ । तीन दिवसीय कार्यक्रमको आयोजना गरी फागुन १५ गते ४२ औं मगर स्थापना दिवस मनाउन लागिएको शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

    राष्ट्रको पहिचान र सम्वृद्विका लागि आन्दोलनका रुपमा स्थापना दिवस मनाइने मगर महिला संघ बुटवल नगर अध्यक्ष बसन्ती साठीघरे मगरले बताइन । उनले मगर दिवसको अवसरमा १३ गते आइतबार  नेपाल मगर संघको स्थापनाको उद्देश्य, राजनीतिक, सामाजिक, सांस्कृतिक विषयमा अन्तरक्रिया गरिने र १५ गते दीपनगरमा मूल समारोहको आयोजना गरी स्थापना दिवस मनाउने जानकारी गराइन ।

    बुटवल क्षेत्रमा रहेका मगर समूदायलाई एकीकृत गरी रचनात्मक कार्यक्रमसहित स्थापना दिवस मनाउन लागिएको बुटवल नगर अध्यक्ष साठीघरे मगरले बताइन । आइएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुको पूर्णपालना गरी फागुन १५ गते सार्वजनिक विदा दिन बुटवल नगर अध्यक्ष बसन्ती साठीघरे मगरले माग गरिन् ।

    नेपाल मगर संघ रुपन्देही उपाध्यक्ष थर्कबहादुर बारघरे मगरले राज्यले  नीतिगत रुपमा विभेद गरेको आरोप लगाउंदै विभेदकारी नीति कै कारण मगर समूदाय ओझेलमा परेको गुनासो गरे । मगर समूदायले सामाजिक काममा समेत काम गरेको क्याप्टेन किशनबहादुर थापा मगरले बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology