बुटवल,फागुन ११।
रूरू क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीमा रहेको अटिजम पाठशाला नेपालमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । होमियोप्याथी फाउन्डेसन नेपाल भक्तपुरको सहयोगमा शिबिर भएको हो ।
सो अवसरमा डा.अम्बिका प्रसाद ज्ञवालीले अटिजमका बारेमा सहजीकरण समेत गर्नुभयो । सो कार्यक्रममा २० जना बालबालिकाको स्वास्थ्य परिक्षण गरेर निशुल्क औषधि समेत प्रदान गरिएको छ ।
सोही अवसरमा गुल्मी जिल्ला समाज युकेले पाठशालालाइ चारलाखको चेक हस्तान्तरण गरेको छ । सो रकमले पाठशालाका लागि जग्गा खरिद गरिने छ ।युके समाज गुल्मीका सल्लाहकार मोति भण्डारीले दुइलाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
संस्थाका जेष्ठ सदस्य तुलसी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रूरू १ का वडाध्यक्ष नवराज विक,गुल्मी युके समाजका समाजसेवी राजु राणा मल्ल,डा बिष्णुप्रसाद गौतम,डा.राजेश्वर बजिमय,शुशिला भण्डारी,संस्थाका प्रमुख अमृता कडेँल,संचालक बिष्णुप्रसाद भण्डारी लगायतले बोल्दै अटिजम पाठशालाको भविश्यका बारेमा छलफल समेत गरेका थिए ।
साे अटिजम पाठशाला २०७४ सालमा स्थापना भएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)