Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

अन्तर क्लव परम्परागत पोशाक प्रदर्शन प्रतियोगितामा डुक अफ इडेन वर्ग प्रथम

अन्तर क्लव परम्परागत पोशाक प्रदर्शन प्रतियोगितामा डुक अफ इडेन वर्ग प्रथम

  • 2.3K
    SHARES

  • अन्तर क्लव परम्परागत पोशाक प्रदर्शन प्रतियोगितामा डुक अफ इडेन वर्ग प्रथम

    बुटवल,फागुन ११ ।

    न्यू होराइजन माबि बुटवल ११ मा भएको अन्तर क्लव परम्परागत पोशाक प्रदर्शन प्रतियोगिताको उपाधि डुक अफ इडेन वर्ग क्लवले जितेको छ ।

    अन्तर क्लव पोशाक प्रदर्शन प्रतियोगितामा लिट्रेसी क्लव दोस्रो र आइसीटी क्लव तेस्रो स्थान हासिल गरेको छ भने ९ टीम सहभागि मध्ये न्यू होराइजन आर्ट क्लवले सान्त्वना स्थान हासिल गरेको हो । मौलिक कला,संस्कृतिको संरक्षण तथा जर्गेना गर्ने उद्धेश्यले छैठौँ पटक कार्यक्रम गरिएको बिद्यालयले प्राचार्य लोकनाथ उपाध्यायले बताउनुभयो ।

    सो अबसरमा न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्याय,प्रमुख अतिथि बिद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजू,कोषाध्यक्ष रामेश्वर श्रेष्ठ,उप प्रचार्य बालकृष्ण भण्डारी, उपप्रचार्य बासुदेब अर्याल,राजिब श्रेष्ठ,शिक्षक कल्पना कुसुम लगायतले बोलेका थिए ।सो प्रतियोगितामा निर्णायक मण्डलमा पत्रकार कपिल ज्ञवाली, शिक्षक बिष्णु बस्याल र अर्का शिक्षक प्रकाश गौतम रहनुभएको थियो । सहभागि बिद्यार्थीहरुले बिभिन्न जातजातीका भौलिक भेषभुसा प्रदर्शन गरेका थिए ।

    hr.jpg

    माबिले हरेक वर्ष यसप्रकारको कार्यक्रम गर्दै आइरहेको शिक्षक कपिल आचार्यले जानकारी दिनुभयो । साथै होराइजनले जिल्ला स्तरिय स्कुल ब्याण्ड प्रतियोगिता पनि सम्पन्न गरेको छ भने बिद्यालयमै फुड फेस्टिवल समेत सम्पन्न भएको अतिरिक्त कृयाकलाप प्रमुख बालकृष्ण बस्यालले बताउनुभयो ।

    कार्यक्रममा उत्कृष्ट बनेका क्लव र ब्याण्डलाइ पुरस्कृत गरिएको छ ।  पोशाक प्रदर्शन प्रतियोगिताका संचालन शिक्षिका कल्पना कुसुमले गर्नुभएको थियो ।

    hhh.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology