Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी पूरा

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी पूरा

  • 984
    SHARES

  • बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी पूरा

    बुटवल,फागुन ९।

    बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी पूरा भएको छ । कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणमा सहयोग पुर्याउनको लागि बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० हुन लागेको हो ।

    बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सम्पादन समितिले मंगलबार मेला स्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गरी मेलाको तयारी पुरा भएको जानकारी गराएको छ । संघका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेलाको मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले नेपालमा कुल जनसंख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै रहेको अवस्थामा त्यसलाई सुधार गरि कृषिका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा हुने योगदानमा बढोत्तरी गर्नको लागि संघले २०६२ सालदेखि विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको बताउनुभयो ।

    उहाँले कृषि क्षेत्रमा रहेको अपार संभावनालाई उजागर गर्दै थप लगानी भित्रयाउनु एवं कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउनु मुख्य चुनौती रहेको बताउँदै कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणमा सहयोग पुर्याउन राष्ट्रिय प्राङ्गारिक कृषि मेला आयोजना गरिएको जानकारी गराउनुभयो ।

    प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धती अपनाउन कृषकहरुलाई जागरुक बनाउने, उपभोक्तामा प्राङ्गारिक कृषि उपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने विश्वास गरिएको छ । पाँचदिनसम्म सञ्चालन गरिने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिईने छ । त्यस्तै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ ।

    कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी गराईने छ । असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यजन्य बस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पुर्याउने पनि विश्वास गरिएको महासचिव मुक्ति अधिकारीले बताउनुभयो ।

    कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरुको पहिचान र प्रवद्र्घन, कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री बितरणमा भएका उपलब्धीको जानकारी गराईने छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रबिधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल, प्राङ्गारिक र असल खेती अभ्यास, कृषिजन्य बस्तुको विक्रि वितरण, जिवनाशक विषादि प्रयोग प्रभाव र विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धी, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिने छ । त्यस्तै कृषिसंग सम्बन्धित प्रतियोगिताहरु र कृषिसंग सम्बन्धित सांस्कृति सांगिीतक कार्यक्रम समेत प्रस्तुत गरिने बुटवल उवासंघले जनाएको छ ।

    त्यस्तै मेलामा माटो परीक्षण तथा बाली परीक्षण शिविर सञ्चालन गरिने छ । किसानका लागि यी दुई शिविरलाई विशेष प्राथमिकतामा राखेको संघका सहकोषाध्यक्ष धना खनाल सविताले बताउनुभयो । गैरनाफामुलक मेलाको रुपमा आयोजना गरिएको करिव एक सय स्टल रहने मेलामा २० हजार अवलोकन कर्ताले मेलाको अवलोकन गर्ने अपेक्षा रहेको कार्यसमिति सदस्य कृष्ण पाण्डेले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology