बुटवल,फागुन ८।
नमस्ते नेपालको आयोजनामा ७४ औँ प्रजातन्त्र दिवसको दिवसको अवसरमा बुटवलको राजमार्ग चौराहा देखि मणिग्रामसम्म रोड रेस कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक एवं युवा लक्षित कार्यक्रममा लामो समयदेखि सक्रिय रहदै आएको नमस्ते नेपालको केन्द्रिय कार्यसमितिको आयोजनामा खेलकुद क्षेत्रको पहिलो कार्यक्रमको रुपमा रोड रेस कार्यक्रम गरेको हो। नमस्ते नेपाल केन्द्रिय कार्यसमितिका अध्यक्ष मनिष भुसालको अध्यक्षता सम्पन्न भएको रोड रेस कार्यक्रममा ५५ जना भन्दा बढी धावकको सहभागीता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिसद सदस्य सचीव जयप्रकाश भट्टराईले धेरै युवाहरुलाइ गोलबन्द गराइ लामो समय देखि युवा सरोकारको क्षेत्रमा काम गर्दै आएको सस्थाले प्रजातन्त्र दिवसको अबसर पारी खेलकुद लक्षित कार्यक्रम रोड रेस गरेकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिसदको तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो। चौराहा देखी तिलोत्तमाको मणिग्राम सम्मको दुरिमा भएको रोड रेसमा प्रथम उमेश बराइ द्वितीय सचिन कुर्मि र तृतीय स्थान बिजय चापागाइले हात पार्नु भएको थियो ।
बिजेतालाइ क्रमश नगद रु पन्ध्र हजार , दश हजार र पाच हजार सहित मेडल , प्रमाण पत्र प्रदान गरिएको थियो भने सहभागी ५५ जना सबैलाइ सहभागीताको प्रमाण पत्र र ब्ल्याक हर्स सुजको तर्फबाट टिसर्ट प्रदान गरिएको थियो। नमस्ते नेपालका उपाध्यक्ष सुसिल सुबेदिको स्वागत , संस्थापक अध्यक्ष अर्जुन खरेलको सुभकामना मन्तव्य र सचीव सन्दिप पौडेल क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा युवा नेता यम पाण्डे, क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जि सि, संचारकर्मि आबिस्कार खनाल , बिद्यार्थी नेता शेसकान्त पोखरेल लगायतको सहभागीता रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)