Logo बिहिवार, आश्विन १ गते २०८३
images

विशेषज्ञता हासिल गरेका ४४ जना डाक्टरलाइ न्यू होराइजनको सम्मान

विशेषज्ञता हासिल गरेका ४४ जना डाक्टरलाइ न्यू होराइजनको सम्मान

  • 5.6K
    SHARES

  • विशेषज्ञता हासिल गरेका ४४ जना डाक्टरलाइ न्यू होराइजनको सम्मान

    बुटवल,फागुन ६ ।

    न्यू होराइजन मावि बुटवलले विद्यालयमा अध्ययन गरी मेडिकल क्षेत्रमा बिशेषज्ञता हासिल गरेका डाक्टरहरुलाई  सम्मान गरेको छ । ४४ जना बुटवल क्षेत्रमा कार्यरत एमडी डाक्टरमध्ये ३३ जना र गत वर्षको एसईईमा उत्तीर्ण भई एमविविएस, विएस्सी नर्सिङमा नाम निकाल्न सफल गरी करिब ५० जनालाई सम्मान गरेको हो ।

    उनीहरूलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले डक्टरहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै पूर्वमन्त्री श्रेष्ठले होराइजन राष्ट्रयको गौरव रहेको बताउँदै यसले शिक्षाको क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए । अबको सम्माननित चिकित्सक जस्तै अब उत्पादन हुने होराइजनका विद्यार्थीहरुले देशमै केही गरेर देखाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले डक्टरहरुलाई जस्तै व्यवस्थापनबाट उत्कृष्टलाई फेरि सम्मान गरिने बताए ।उपाध्यायले विद्यालयका पूर्व विद्यार्थी तथा डक्टरहरुलाई एकताबद्ध भएर सेवाभावले फरक ढंगले सेवा दिन आग्रह आग्रह समेत गरे ।

    विद्यालयकी पूर्व विद्यार्थी तथा डा.बिनिता भट्टराईले आफूहरु अहिलेको अवस्थामा पुग्न शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताइन् । संस्थाका सञ्चालक निर्मल लाकौलको अध्यक्षता तथा प्लस टु संयोजक प्रकाश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology