Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

शिक्षा पत्रकार समूहले मनायो रजत जयन्ती,५ जना पुरस्कृत

शिक्षा पत्रकार समूहले मनायो रजत जयन्ती,५ जना पुरस्कृत

  • 1.6K
    SHARES

  • शिक्षा पत्रकार समूहले मनायो रजत जयन्ती,५ जना पुरस्कृत

    बुटवल,फागुन ७ ।

    शिक्षा पत्रकार समूहले रजत जयन्ती मनाएको छ । २५ वर्षअगाडि स्थापना भएको पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोककुमार राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संसदको शिक्षा समिति सभापति भानुभक्त जोशी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा, शिक्षा समिति सदस्य बद्री पाण्डे लगायतको उपस्थिति रहेको थियो । 

    रजत जयन्तीको असवर पारेर ५ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको भन्दै बर्दियाको ठाकुराबाबा नगरपालिकालाई सम्मानित गरिएको थियो । २०७९ सालदेखि सुरू गरिएको निःशुल्क शिक्षा अभ्यासलाई उच्च सम्मान गर्दै समूहले सम्मान गरेको हो । 

    त्यस्तै नेपालको सार्वजनिक शिक्षा सुधारका लागि विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट अनवररुपमा योगदान पुर्‍याएको भन्दै एडुखबर डटकमका पत्रकार श्रीधर पौडेललाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो । उनलाई रजत जयन्तीको अवसरमा तीर्थराज भूसालको स्मृतिमा स्थापित ३५ हजार राशीको उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार २०८० प्रदान गरिएको हो ।

    त्यस्तै सामुदायिक विद्यालयको सिर्जनशील शिक्षक सम्मानतर्फ  २०८० बाट राष्ट्रिय आधारभूत विद्यालय माडी चितवनका शिक्षक मिल्सना महतोलाई सम्मानित गरिएको थियो । त्यस्तै सामुदायिक विद्यालयको उत्कृष्ट प्रनाधाध्यपक सम्मान २०८० बाट श्री भवानी आधारभूत विद्यालय इलामकी प्रधानाध्यापक रचना देवानलाई समेत सम्मान गरिएको छ ।  

    उत्कृष्ट सामुदायिक विद्यालय व्यवस्थापन समिति सम्मान २०८० बाट श्री सिद्धि गणेश मावि कागेश्वरी मनोहरा, काठमाडौंका व्यवस्थापन समितिका अध्यक्ष श्री राजकुमार थापा सम्मानित भएका छन् । रजत जयन्तीको उद्घाटन समारोहअघि प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिसँग साक्षात्कार कार्यक्रमको आयोजना गरिएको थियो । जसमा शिक्षा समिति सभापति जोशी र समिति सदस्य पाण्डे छलफलमा सहभागी भएको शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले बताए ।

    । छलफल कार्यक्रममा समिति सदस्य पाण्डेले विद्यालय शिक्षा विधेयक थप विवादमा आउने देखिएको बताएका थिए । कतिपय विषय समितिका लागि सहज भएपनि कतिपय विषय एका अर्कामा विवादित देखिएको उनको भनाइ थियो ।विधेयकलाई जसरी पनि समृद्ध बनाउनुपर्छ भन्नेमा समिति लागिरहेको उनले बताए । 

    समिति सभापति जोशीले विधेयक निकै अप्ठ्यारो अवस्थामा रहेको बताए । अहिले अधिकारको लडाइँ देखिएको भन्दै अधिकारसँगै कर्तव्य पनि आउनुपर्नेमा उनको जोड थियो । 

    रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै दिइएको बताए । पर्याप्त छलफल गरेर नै संविधानमा विद्यालय शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिएको उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology