Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्डका उत्कृष्ट विद्यार्थी नगद सहित पुरस्कृत

अक्सफोर्डका उत्कृष्ट विद्यार्थी नगद सहित पुरस्कृत

  • 2.2K
    SHARES

  • अक्सफोर्डका उत्कृष्ट विद्यार्थी नगद सहित पुरस्कृत

    बुटवल,फागुन ६।

    अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरर्गत दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ ।

    प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो। कक्षा ११ र १२ परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६० जिपिएभन्दा माथि ल्याउने ७ जना विद्यार्थीलाई नगद १० हजार, ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट र ३ं दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने २९ जना विद्यार्थीलाई नगद तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य भुसालले बताउनुभयो ।

    उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दै प्राचार्य भुसालले प्रत्येक त्रैमासिक परीक्षामा विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्ने गरेको बताउनुभयो ।
    विद्यालयले गरेको उत्कृष्ट विद्यार्थी सम्मान कार्यले विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावना जाग्नुका साथै पढ्नुपर्ने रहेछ भन्ने मानसिकता विद्यार्थीमा पर्ने गरेको प्राध्यापक सुमन भुसालले बताउनुभयो ।

    विद्यालयमा पढाइको अलवा विभिन्न खेलकुद तथा साहित्यका हरेक विद्याहरूमा विद्यार्थीहरू बिच प्रतिशस्पर्धा हुने हुदा विद्यार्थीको रोजाई अक्सफोर्ड परेको हुँदा संस्कार सहितको शिक्षामा जोड दिँदै सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षणमा आफूहरूले जोड दिँदै आएको कुरामा जोड दिनुभयो ।
    केही वर्ष यता विद्यालयमा सिर्जनात्मक गतिविधिको कारण विद्यार्थीको चाप बढेको हुदा रिजल्टहरूमा पनि नेपालमै उत्कृष्ट हुन सफल भएको स्मरण गर्दै प्राध्यापक भुसालले अभिभावक , प्राध्यापक तथा कर्मचारीहरू धन्यवादका पात्र रहेको बताउनुभयो ।

    परीक्षाफल कार्यक्रम कक्षा ११ बाट मनिष मिश्रले ३.८२ जिपिए ल्याई उत्कृष्ट भएका छन् । ३.४४ भन्दा माथि जिपिए ल्याउने ३६ जना विद्यार्थीका अभिभावक तथा विद्यार्थीहरूलाई माला ,खादा तथा नगद सहित सम्मान गरिएको थियोे ।
    सम्मान कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारी, अक्सफोर्ड क्याम्पसका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी लगायतले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभयो ।

    परीक्षाफल सार्वजनिक कार्यक्रममा मेयरकप फुटबल प्रतियोगितामा प्रथम भई नगद एक लाख प्राप्त गर्न सफल खेलाडीलाई नगद पाँच-पाँच हजार,मेडल र प्रमाणपत्र त्यस्तै टिमकोच सरोज दर्लामीलाई नगद पच्चीस हजार र प्रमाणपत्र तथा खेल संयोजक राजकुमार पाण्डेलाई सम्मान गरिएको थियो  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology