बुटवल,फागुन ६।
काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरिएको तेस्रो राष्ट्रिय नृत्य दिवसमा लुम्बिनी प्रदेशबाट विभिन्न समुदायका नृत्यसहित सहभागिता हुने भएको छ । नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले देशभरका कलाकारहरु सहभागी रहने कार्यक्रममा विभिन्न जिल्लाका प्रतिभालाई सहभागिता गराउने भएको हो ।
‘नृत्य हाम्रो अभियान, कला संस्कृतिका पहिचान’ भन्ने मूल नाराकासाथ आज कार्यक्रम हुँदैछ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको नृत्यु प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै दाङ जिल्लादेखि थारु समुदायको झुमुरा नृत्य, पाल्पा जिल्लादेखि पाल्पाली झाउरे नृत्य सहभागी गराइने नृत्य निर्देशक संघ लुम्बिनी प्रदेस अध्यक्ष लोकेन्द्र शाहले नागरिक अनलाइनलाइ जानकारी दिए । शाहको नेतृत्वमा लुम्बिनी प्रदेशबाट २० जना कलाकारले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
देशभरका कलाकारहरुसहित विभिन्न जातजाती तथा पररम्पराका झाँकी, नृत्यसहित मनाइने दिवसमा गतवर्ष लुम्बिनी प्रदेश द्वितीय हुन सफल भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)