Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

जीपी कोइरालाको स्मृतीमा बुटवलमा महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता सुरु

जीपी कोइरालाको स्मृतीमा बुटवलमा महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता सुरु

  • 1.2K
    SHARES

  • जीपी कोइरालाको स्मृतीमा बुटवलमा महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता सुरु

    बुटवल,फागुन ५ ।

    बुटवलमा आजदेखि महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नेपाली कांग्रेसका पुर्व सभापति स्व गिरिजाप्रसाद कोईरालाको चौधौं स्मृति दिवसको अवसरमा जीपि कोईराला स्मृति प्रतिष्ठानको आयोजनामा चौधौं संस्करणको महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका निवर्तमा अध्यक्ष नन्दराम भण्डारी, बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले संस्थाका उपाध्यक्ष काजिमान श्रेष्ठ लगायतले भनाई राखेका थिए ।

    बुटवल ५ स्थित ज्ञानोदय माध्यमिक विद्यालयको प्रङ्गढमा भएको प्रतियोगितामा यस क्षेत्रका न्यू होराइजन, पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, एभरेष्ट बोर्डिङ्ग, शान्ति नमुना, नविन औद्योगिक, अक्सफोर्ड, सिद्धेश्वर लालकुमारी, न्यु इभाइरन्टमन्ट, उजिर सिंह, नव ज्योती, कान्ति, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, ज्ञानोदय र कुंवरवर्ति गरी १४ वटा विद्यालय सहभागी भएका छन् ।

    बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सहयोगमा सञ्चालन गरिएको प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार रुपैंया नगद पुरस्कार सहित रनिङ शिल्ड र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

    त्यस्तै द्वितीय हुनेलाई शिल्ड सअित १५ हजार, तृतीय हुनेलाई शिल्ड सहित १० हजार र चौथो हुनेलाई सान्त्वना स्वरुप ५ हजार रुपैया नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका महासचिव तथा कार्यक्रम संयोजक परमानन्द भट्टराईले जानकारी गराए ।game gp.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology