Logo बिहिवार, आश्विन १ गते २०८३
images

नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सव सम्पन्न,भवन शिलान्यास तथा उद्घाटन

नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सव सम्पन्न,भवन शिलान्यास तथा उद्घाटन

  • 4.7K
    SHARES

  • नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सव सम्पन्न,भवन शिलान्यास तथा  उद्घाटन

    बुटवल,फागुन ५ ।

    बुटवल १२ मा रहेको नयाँगाउँ माविले आफनो ६१ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । साे अवसरमा चार कोठे नयाँ भवनको उद्घाटन साथै अर्को भवनको शिलान्यास गरिएको हाे ।

    सामुदायिक विद्यालयमा नमुना विद्यालयको रुपमा पहिचान स्थापना गर्दै आएको विद्यालयको शनिबार बिबिध कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले सामुदायिक विद्यालयमा नयाँगाउँ बुटवल उपमहानगरपालिकाको शिक्षामा महत्वपुर्ण भुमिका खेलेको बताए ।

    उनले शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकामा योजनाबद्ध बिकासको सुरुवात भएको बताए । बिद्यालयको भौतिक पुर्वाधार निर्माणका लागि नगरपालिकाबाट कुनै पनि कमी नहुने भन्दै उनले यसको लागि सहकार्य गरेर शिक्षा क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताए ।nayagaun mavi.jpeg

    कार्यक्रम बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेबि अर्यालले प्राविधिक शिक्षा आवश्यक रहेको बताईन । शिक्षालाई अब जीवन उपयोगी हुने प्राविधिक शिक्षामा जोड्नुपर्ने बताएकी थिईन ।

    कार्यक्रम बिद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बिद्यालयको शैक्षिक विकासमा गतिलिएको भन्दै अब भौतिक पुर्वाधारमा सरकारबाट सहयोग जरुरी रहेको बताए ।कार्यक्रममा लुम्बिनी बौद्ध बिश्वविद्यालयका रजिस्ट्रार डा. तिलकाराम आचार्यले अबको शिक्षा पर्यटनसंग जोडेर पाठ्यक्रम बनाउनुपर्ने बताए ।

    कार्यक्रममा योजना आयोगका पुर्व सदस्य दामोदर भुषाल, बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्मा, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, बुटवल सिटि क्याम्पसका प्रमुख फणीन्द्र न्यौपाने, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख रमामान्त तिबारी, शिक्षक राम प्रसाद बन्जाडेले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।DATA SAMMAN.jpg

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले पश्चिम बुटवलको नमुना विद्यालयको रुपमा नयाँगाउँ मावि स्थापना गर्ने अभियान जारी रहेको बताए । कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापना गर्ने अक्षयकोष दाता, सहयोगी निकायलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षा तथा खेलकुदका विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।nayagaum.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology