Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रतिनिधिसभा पुनस्थापना हुनै सक्दैन,निर्वाचित प्रथम अध्यक्षलाई कसैले हटायो भन्नु हाँस्यास्पद : प्रधानमन्त्री

प्रतिनिधिसभा पुनस्थापना हुनै सक्दैन,निर्वाचित प्रथम अध्यक्षलाई कसैले हटायो भन्नु हाँस्यास्पद : प्रधानमन्त्री

  • 3.4K
    SHARES

  • प्रतिनिधिसभा  पुनस्थापना हुनै सक्दैन,निर्वाचित प्रथम अध्यक्षलाई कसैले हटायो भन्नु हाँस्यास्पद : प्रधानमन्त्री

    बुटवल,पुस ९- 

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटनसँगै देश चुनावमा गएको बताउनुभएको छ।

    नेकपाको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले कुनै प्रतिनिधि सभामा बहुमतबाट बनेको प्रधानमन्त्री को सिफारिसमा विघटन भएको प्रतिनिधि सभा पुनस्थापना हुनै नसक्ने बताउनुहुँदै चुनाी अभियानमा लाग्न नेता कार्यकर्ताहरुलाइ आव्हान गर्नुभयो।

    निर्वाचित प्रथम अध्यक्षलाई कसैले हटायो भन्नु हास्यास्पद रहेको उल्लेख गर्नु हुँदै उहाँले उत्ताउलो र अनुशासनहीन भएर नहिड्न र पार्टीमा आएर छलफल गर्न आग्रह गर्नुभयो ।

    आफूले कसैलाइ नहटाएको र आवश्यक परे हटाउने चेतावनी समेत दिनुभयो। कसैको लहलहैमा र भ्रममा परेर अलमलिएकाहरुलाई आफ्नै मिहिनेत र पसिनाबाट बनेको पार्टीमा फर्कन आग्रह गर्दै पद पैसा र परिवारको पछि दौडनेका पछाडि सती नजान समेत आग्रह गर्नु भयो ।

    गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताउनुभयो । गृहमन्त्री थापाले आफूले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितका पक्षमा अग्रमोर्चामा रहेर भूमिका खेलेको नेतृत्वलाई साथ दिने स्पष्ट गर्नुभयो ।

    केन्द्रीय कमिटी बैठकले पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर गरेको छ ।

    यसैगरी पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ ।

    बैठकले जनसङ्गठन संयोजकमा भने टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ । त्यसैगरी केन्द्रीय कमिटी बैठक बस्न नसकेको अवस्थामा आवश्यक निर्णय स्थायी कमिटीले गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology