Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

ईण्डो-नेपाल धार्मिक पर्यटन यात्रा शुरू

ईण्डो-नेपाल धार्मिक पर्यटन यात्रा शुरू

  • 4.2K
    SHARES

  • ईण्डो-नेपाल धार्मिक पर्यटन यात्रा शुरू

    बुटवल,फागुन ३ । 

    दुई दिने ईण्डो नेपाल धार्मिक पर्यटन यात्रा २०२४ शक्रबार शुरु भएको छ।

    बुटवलका साइकल अगुवाहरुको पहलमा शुक्रबार र शनिबार दुई दिने ईण्डो नेपाल धार्मिक पर्यटन यात्रा २०२४ को प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव  जयप्रकाश भट्टराई सहितको एक दर्जन यात्रीलाई सिद्धबाबा धाम मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष अम्मर खड्का, सल्लाहकार लकुश श्रेष्ठलगायतले बिदाई गरे। cyc.jpg

    सिद्धभूमि सिद्धबाबा र गोरखनाथ बाबाको सम्बन्धबारे प्रचार गर्दै धार्मिक र साहसिक खेल पर्यटन विकास गर्ने उद्धेश्यका साथ यात्रा शुरू भएको हाे। कार्यक्रममा आफै सहभागी प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले निक्कै महत्वपुर्ण र ऐतिहासिक कार्यक्रम भएको बताए। साईकल मानव स्वस्थ्य, पर्यटन र खेलसंग जोडिएको भन्दै नेपालमा यसैबाट राम्रो सम्भावना रहेको अौल्याए।yatra.jpg

    टोलीलाई नेपालभारत सिमामा सिद्धार्थनगर वडा नं १ का वडाअध्यक्ष उज्वल पोखरेल, नाटा लुम्बिनीका अध्यक्ष रचना पन्त लगायत टिमले रुद्राक्ष माला र शालिग्राम हस्तान्तरण गर्दै यात्रा सफलताको कामना गरे। यसैबिच फरेन्दास्थित आनन्द नगरको नगर पार्षद रबि पासवानसहितको टिमले भब्य स्वागत गर्दै निक्कै खुशि ब्यक्त गरे। नेपालभारतको सम्बन्धलाई नया सिराबाट जोड्ने अभियानलाई उनले स्वागत गरे।

    कार्यक्रममा बुटवल युनाइटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले २१ सय वर्षअघि भारतवर्षमा पर्ने उज्जैनका चक्रवती सम्राट भतृहरि राजाको वैराग्यपछि उत्तरापन्थ सिद्धबाबा क्षेत्रमा तपस्या गरि सिद्धि प्राप्त गरेको किवदन्तीलाई उजगार गर्ने गरि साईकलयात्रा गरेको बताए।

    गोरखनाथ बाबाको निर्देशनमा भतृहरि राजा नेपालका आएर ध्यान गरि सिद्ध प्राप्त गरेको पवित्र र तपोभुमिको प्रचारप्रसार गरि पर्यटक भित्र्याउने सम्भावना रहेको उनले बताए। कार्यक्रम संयोजक रबिलाल सुबेदीले नेपाल-भारतको पुरानो सम्बन्धलाई उजगार गर्दै धार्मिक पर्यटन बढाउने गरि कार्यक्रम गरेको बताए। कार्यक्रम २० जना साईकलयात्रीहरु सहभागी छन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology