Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कपिलबस्तुमा बस दुर्घटना मृतक १० मध्ये १ जनाको मात्रै सनाखत

कपिलबस्तुमा बस दुर्घटना मृतक १० मध्ये १ जनाको मात्रै सनाखत

  • 3.3K
    SHARES

  • कपिलबस्तुमा बस दुर्घटना मृतक १० मध्ये १ जनाको मात्रै सनाखत

    कपिलबस्तु,फागुन ३ ।

    कपिलबस्तुमा भएको बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये १ जनाको मात्रै पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा रौतहत पहुरानी नगरपालिका वडा नं. ३ बस्ने नारायण बहादुर भण्डारी रहेका छन् । 

    मृतक बाँकी ९ जनाको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ। बाँकी घाइतेहरुको चन्द्रौटा स्थित विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । 

    महेन्द्रनगबाट काठमाडौं जाँदै गरेको सु.प.प्र.०२००१ ख ००९८ नम्बरको बस राती १ बजे दुर्घटना भएको थियो । सडकबाट करीब १ मिटर तल बस खसेको र खबर पाए लगत्तै नेपाल प्रहरी र शशस्त्र प्रहरी उद्धार कार्यमा जुटेको थियो ।

    पूर्व पश्चिम राजमार्गको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै राती १ बजे दुर्घटना भएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology