Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

वागेश्वरी कला तथा संगीत एकेडेमीमा सरस्वती पूजा तथा नतिजा सार्वजनिक

वागेश्वरी कला तथा संगीत एकेडेमीमा सरस्वती पूजा तथा नतिजा सार्वजनिक

  • 2.3K
    SHARES

  • वागेश्वरी कला तथा संगीत एकेडेमीमा सरस्वती पूजा तथा नतिजा सार्वजनिक

    बुटवल,फागुन २।

    वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न भएको छ ।सांस्कृतिक कार्यक्रमसहित विद्याकी देवी सरस्वतीको पूजा गरिएको हो ।

    एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गणेश , सरस्वती भजन र नृत्य प्रस्तुत गरिएको हो । एकेडेमीले बेसिक , सिनियर बेसिक र इन्टरमिडियट तहका परीक्षाको नतिजासमेत सार्वजनिक गरेको हो। नृत्यमा बेसिक तहको परीक्षामा सहभागी भएका १२ जना मध्यबाट प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बेसिक तहको नृत्यतर्फ पिया सारू प्रथम भएकी छन् । त्यसैगरी प्रशंसा पौडेल दोस्रो र आयुसा बरालले तेस्रो स्थान प्राप्त गरेकी छन् ।

    त्यसैगरी सिनियर बेसिकमा सहभागी १० जनामध्ये दिया सुवेदीले प्रथम स्थान प्राप्त गरेकी छन् । त्यसतै रित्तिका ज्ञवालीले दोस्रो र दियान्सा सापकोटाले तेस्रो स्थान प्राप्त गरेकी छन् ।गत माघ २७ गते मिलन कला केन्द्रको आयोजनामा सम्पन्न भएको पावर अफ ट्यालेन्ट सो मा एकेडेमी मै अध्ययनरत विद्यार्थी जुनियरतर्फ दोस्रो हुन सफल दियान्सा सापकोटा र तेस्रो स्थान प्राप्त गर्ने सिरिशा रोकालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यस्तै सिनियरतर्फ प्रयुशा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

    त्यस्तै लुम्बिनी एक्पो २०८० को डान्स आइडियमा द्वितीय हुन सफल आरेही काउचालाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठले विद्याकि देवी सरस्वतीको पूजा गर्ने पवित्र दिनमा शिक्षाको गरिमा र बौदिक विकासको आवश्यकता जनजनलाई बुझाउन सरस्वती पूजा गर्ने परम्परा रहेको बताइन् । करिब तीन दशकबाट वागेश्वरीले विभिन्न विधामा कक्षाहरू सञ्चालन गर्दै आएकोसमेत बताइन् । कार्यक्रममा एकेडेमीका कार्यालय प्रमुख व्यवस्थापक दावा शेर्पा (दर्पण)०ले स्वागत गरेका थिए ।

    साथै यही फागुन ६ गतेबाट एकेडेमीमा साहित्यकार विजय मल्लद्वारा लिखित  कोही किन बर्बाद होस् नाटकको मञ्चनसमेत हुने एकेडेमीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology