बुटवल,फागुन २।
बुटवल कालिकानगरमा रहेको अक्सवृज ईन्टरनेशनल एकेडेमीमा सरस्वती पुजा तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गर्दै शिक्षा र संस्कार दुबै एउटै सिक्काका दुई पाटा भएको बताए । ब्यक्ति स्वस्थ्य भएमात्र समाजको विकास हुने तर्क दिदै उनले स्वस्थ्य मानव र समुदायबाट समुन्नत देश विकास हुने बताए । प्राविधिक शिक्षा लिईरहेका विद्यार्थीहरु अझ बढि संवेदशिल हुनुपर्ने उनले बताए।युवामा शिक्षासंगै संस्कार जोडिएमा उर्जा प्राप्त हुने उनले बताए ।
एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापा, कार्यक्रममा कार्यबाहक अध्यक्ष गोबिन्द खनाल, प्रबन्ध निर्देशक डिपि खनाल, प्रशासकिय अधिकृत गणेश बेल्बासेले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो वितरण समेत गरेका छन ।
कार्यक्रममा एकेडेमीका कार्यबाहक अध्यक्ष गोबिन्द खनालले शिक्षामा ब्यापिकरणका कारण नया प्रविधि र सीप प्रयोग गर्न जरुरी रहेको बताए ।
शिक्षाको क्षेत्रबाट योगदान दिने पत्रकारलाई प्रोत्साहन गर्ने गरि एक जना पत्रकारलाई २५ हजार रुपैया पुरस्कारको समेत उनले घोषणा गरे । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा एकेडेमीका पुर्व प्रिन्सिपल उपेन्द्र अर्याल आफ्नो कर्मभुमीका रुपमा अक्सवृज रहेको बताए । कार्यक्रममा वरिष्ठ प्रशिक्षक एके सिह, मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति कृष्ण प्रसाद भट्टराई, सिभिल ईन्जिनियर सन्तोष खनाल, पुर्व प्रशिक्षक लता खड्का, एकेडेमीका कोअर्डिनेटर केशव महत, अक्सवृज छात्राबासका राजेन्द्र खनाल, नवआगन्तुक रामेश्वर मिश्रा,प्रेस युपनयन रुपन्देही अध्यक्ष कबिन्द्र नेपाल लगायतले दक्ष जनशक्ति उत्पादनमा अक्सवृजको योगदानको चर्चा गरे ।
कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक डिपि खनालले प्राविधिक शिक्षा लिन चाहने युवाहरुलाई अक्सवृजमार्फत दक्ष जनशक्ति तयार गर्न सफल भएको बताए । एकेडेमीमा एचए, ल्याब टेक्निसियन, एग्रिकल्चर जेटिए र सब ओभरसियर विषयमा अध्ययन हुन्छ । एचए, ल्याब टेक्निसियनको ३ वर्षे कोर्ष र एग्रिकल्चर जेटिए र सब ओभरसियरको १८ महिनाको कोर्ष हुन्छ । करिब २ सय विद्यार्थीहरु अध्ययनत रहेकाे शिक्षक इ सागर भुसालले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)