Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

एक्सेस एजुकेशनद्वारा बुटवलमा रोड टु न्यूजिल्याण्ड कार्यक्रम

एक्सेस एजुकेशनद्वारा बुटवलमा रोड टु न्यूजिल्याण्ड कार्यक्रम

  • 876
    SHARES

  • एक्सेस एजुकेशनद्वारा बुटवलमा रोड टु न्यूजिल्याण्ड कार्यक्रम

    बुटवल,फागुन १।

    एक्सेस एजुकेशन नेटवर्क प्रालिले नेपाली विद्यार्थीलाई लक्षित गरी गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गरेको छ ।

    १९ वर्ष अघि स्थापना र काठमाण्डौसहित देशका मुख्य मुख्य शहरहरुमा ७ वटा शाखा रहेको  एक्सेस एजुकेशनले नेपाली विद्यार्थीलाई न्यूजिल्याण्ड, अष्टे«लिया, क्यानडा, युके र अमेरिकामा अध्ययनका लागि पठाउन सहजिकरण गर्दै आइरहेको छ ।एक्सेस एजुकेशनले गत माघ २८ देखि फागुन ५ गतेसम्म नेपाली विद्यार्थीका लागि गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गर्न लागेको छ ।

    कार्यक्रम अनुसार एक्सेस एजुकेशन बुटवलले यस क्षेत्रका विद्यार्थीका लागि मंगलबार एकदिने शैक्षिक परामर्श कार्यक्रम गरेको छ। प्लसटु, ब्याचलर, मास्टर डिग्री गरेका विद्यार्थीलाई न्यूजिल्याण्डका विभिन्न कलेजका प्रतिनिधिहरुले कलेजमा हुने पढाईको विषयमा आवश्यक जानकारीसहित अध्ययन पश्चात विद्यार्थीले पाउने सेवा सुविधाबारे प्रशिक्षण दिएको एक्सेस बुटवलका प्रवन्ध निर्देशक कमल भुसालले जानकारी गराउनुभयो ।acce.jfif

    विद्यार्थीले कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्ने तथा प्रतिनिधिहरुले विद्यार्थीहरुका जिज्ञासा मेटाउनुका साथै न्युजिल्याण्ड जानुपूर्व र पुगिसकेपछि पालना गर्नुपर्ने प्रक्रियाका विषयमा सहजीकरण गर्नेहुंदा विद्यार्थीले धेरै लाभ लिएको प्रवन्ध निर्देशक भुसालले बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology